दमकमा भव्य रुपले मनाईयो राष्ट्रिय टोपी दिवस

दमक, १६ पुस । जीवन चक्र समाज नेपालले दमकमा आज विभिन्न कार्यक्रम गरि राष्ट्रिय टोपी दिवस मनाएको छ ।स्थानीय वरपिपल चौकमा आयोजित राष्ट्रिय टोपी दिवसमा अघिल्ला वर्षझै यसवर्ष पनि एक जना श्रष्टासहित तीनजनालाई सम्मान गर्नुका टोपी दिवसको सन्दर्भमा चर्चा गरिएको थियो । समाजले विगत २०७२ सालदेखि अंग्रेजी सम्बतको पहिलो दिन सामूहिक रुपमा टोपी दिवस मनाउदै आएको अध्यक्ष गणेशप्रसाद गौतमले बताए ।
टोपीसहित दौरासुरुवाल पोशाकलाई नेपालीको पहिचान बनाउन जोड दिन यस दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउदै आएको उनले जनाएका छन् । कार्यक्रममा अग्रज,सामाजिक अगुवा,महिला नेतृ ,सर्वसाधारणलाई ढाका टोपी लगाइदिएर दिवस मनाएको हो ।
सोही अवसरमा दमक ८ का ज्येष्ठ नागरिक बेनु चुडाललाई सम्मानपत्र, टोपी लगाई दिएर सम्मान गरिएको कार्यक्रम संयोजक डिल्लीप्रसाद अधिकारीले बताए । त्यस्तै, दमकमा लामोसमयदेखि ढाकाटोपी व्यवसाय गरिआएकी राधा ढुंगाना र कृष्ण ढुंगानालाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा डाक्टर लेखनाथ न्यौपाने, दमक ७ का वडाअध्यक्ष भीम पौडेल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई,महिला नेतृ दुर्गा काफले, इसाई समाज दमक नगर अध्यक्ष आकाश थुलुङ्ग, आयोजक संस्थाका प्रवक्ता टेकनाथ भण्डारी लगायतले नेपाली टोपीको पहिचान स्वदेशमा मात्र नभई विदेशसम्म पुरयाँउनु पर्ने जोड दिएका थिए ।
कार्यक्रममा मेघनाथ खनाल,नेतृ काफलेले भने टोपी दिवसको कविता समेत वाचन गरेर सुनाएका थिए । टोपी दिवस सफल बनाउन पशुपति ढाका उद्योग,स्वरोजगार हलुका सवारीसहित विभिन्न संघसंस्था, व्यक्तिहरुबाट सरसहयोग प्राप्त भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.