
पथरी,२१ असार। पूर्वी मोरङको पथरीशनिश्चरे नगरमा लगातार घरेलु हिंसा पीडित एक महिला र काखकी छोरीलाई आज सोमबार उद्धार गरी संरक्षण तथा उपचारका लागि विराटनगरस्थित माइती नेपालमा पठाइएको छ ।
श्रीमानको लगातारको कुटपिटबाट ४ वर्षे छोरी र आफु विक्षिप्त सरह भइ वेसहारा बनेको अवस्थामा फेला परेकी उनको उद्धार गरी नगरपालिका कार्यालयमा पुर्याएका थिए । न्यायिक समिति संयोजक समेत रहेकी यमुना विष्ट वास्तोलाको अगुवाईमा घाइते उनीहरुको तत्काल प्राथमिक उपचारार्थ नगरको एम्बुलेन्समा माइती नेपाल संस्था विराटनगरमा पठाइएको हो ।
पथरीशनिश्चरे वडा नं २ लिच्चीडाँचडामा बस्दै आएकी २२ वर्षीया महिलामाथि श्रीमानले मादकपदार्थ सेवन गरी पटक पटक कुटपिट गरेका कारण मानसिक रुपले समेत त्रसित बनेको देखिएकाले उनका श्रीमानको खोजी गरी आवश्यक कारवाही अघि बढाइने नगर उपप्रमुख वास्तोलाले जनाएकी छन् ।