सिटौलाले वितरणले गरे १२ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन

भद्रपुर, असार ८ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मंगलबार झापाका १० वटा स्थानीय पालिकालाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरेका छन् । कोभिड संक्रमित विरामीको उपचारमा सहजताका लागि नेता सिटौलाले जिल्लाका १० वटा पालिकालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरेका हुन् ।

नेता सिटौलाले १२ वटा कन्सन्ट्रेटर मेसिन र ५० थान पीपीई सेट स्वास्थ्य कार्यालयसँगको समन्वयमा मंगलबार सम्बन्धित पालिकालाई हस्तान्तरण गरेका छन् । जिल्लाका दक्षिणी ग्रामीण पालिकाहरु कचनकवल, हल्दिबारी, बाह्रदशी र झापा गाउ“पालिका, त्यस्तै बुद्धशान्ति गाउँपालिका तथा गौरादह, बिर्तामोड, अर्जुनधारा र शिवसताक्षी नगरपालिकालाई एक÷एक थान तथा भद्रपुर नगरपालिकालाई तीन थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तर गरिएको छ ।

भद्रपुर नगरपालिकाको पृथ्वीनगर, महेशपुर र पुहातुबारी स्वास्थ्य चौकीमा राख्नेगरी अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको नेता सिटौलाले बताए । कांग्रेस पूर्व महामन्त्री समेत रहेका सिटौलाले जिल्लाका सबै १५ वटै पालिका लागि कन्सन्ट्रेटर मेसिन ल्याउने पहलअन्तर्गत अहिले १० वटा पालिकालाई वितरण गर्न सफल भएको बताए । सिटौलाले नेपाल चिकित्सक संघलाई आग्रह गरेर १२ वटा अक्सिजन कन्सन्ट्रेटर र ५० थान पीपीई सेट झापा ल्याएको बताए ।

सिटौलाले वितरण गरेको कन्सन्ट्रेटर मेसिन र पीपीई सेट सम्बन्धित पालिकाका प्रमुख, वडाध्यक्ष तथा स्वास्थ्य शाखाका प्रमुखहरुले मंगलबार नै बुझेर लगेका छन् । उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका सिटौलाले आगामी सरकार जसको नेतृत्वमा बनेपनि गरिब जनताले सेवा प्राप्त गर्नेगरी स्वास्थ्य क्षेत्रको स्तरोन्नति गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published.