मेचीनगरमा आफ्नै साथीले गरे भीमराजको हत्या

मेचीनगर,३ असार । झापाको मेचीनगर–५ अँधेरीका ४० बर्षीय भीमराज लिम्वूको आफ्नै साथीले हत्या गरेका छन् । बुधबार राति करीब ८:४० बजे स्थानीयले उनलाई मृत अवस्थामा फेला पारे पछि प्रहरीलाई खबर गरेका थिए ।
त्यस लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले अनुसन्धाान सुरु गरेको थियो । प्रहरी नायव उपरीक्षक सुनिल दाहालको नेतृत्वमा गएको प्रहरीको टोलीले हत्या आरोपमा सोही ठाउँका ५६ बर्षीय सुकराज लिम्वूलाई विहीबार विहान २ बजे पक्राउ गरेको थियो ।
प्रारंभिक बयानमा आपसी झैझगडाको क्रममा आफुले घाँटीमा क्रयाक ब्याण्डेजले बाँधेर हत्या गरेको सुकराजले प्रहरीसमक्ष स्वीकार गरेको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि थप बताउँन मिल्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.