दुधे,२९ जेठ । कोरोना संक्रमण भई दमकस्थित आम्दा अस्पतालमा उपचाररत जिल्लाको शिवसताक्षी नगरपालिका दूधेका एकजना युवा व्यवसायीको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं ७ व्याङ्गडाँडा निवासी ४६ वर्षीय ती व्यवसायीको गएराती उपचारको क्रममा अस्पतालमा मृत्यु भएको शिवसताक्षी नगरपालिकाका कोभिड फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए ।
उनका अनुसार गत जेठ ११ गते कोरोना पोजेटिभ देखिएपछि १३ गते अस्पतालमा भर्ना गरिएको थियो । लामो समय भेन्टिलेटरमा राखेर उपचार गराइरहेको अवस्थामा उनको हिजो बेलुका मृत्यु भएको उनले वताए ।
पटक पटकको पिसिआर परीक्षणका क्रममा पोजेटिभ देखिएपनि शुक्रबार भने विरामीको रिपोर्ट नेगेटिभ आएको थियो । पिसिआर नेगेटिभ आएपछि परिवारले नै शव व्यवस्थापन गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।