‘जेम्स’ वृटिस काउन्सिल यूकेको सोधकार्यका लागि छनौट


दमक,१७ जेठ । दमक ८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय ( जेम्स ) जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय शोधकार्यका लागि छनौटमा परेको छ ।

विश्व वातावरण वनाउन विद्यालय तहवाट नै जिम्मेवार भएर लाग्नु पर्छ भन्ने महान विचारका साथ यस परियोजना कार्य तयार गरि सो कार्य सम्पादनको लागि बृटिस काउन्सिल यूकेबाट परियोजना स्विकृत भएको छ ।परियोजना सञ्चालनका लागि ५० हजार पाउण्ड रहेको छ ।
यस परियोजना कार्यको मुख्य उद्देश्य संसार भरि विभिन्न धरातलीय प्रदेशको जलवायु परिवर्तनको अवस्था मापन गर्नु रहेको छ । यो सहकार्यको लागि तराईका ३ , पहाडका ३ र हिमाली भेगका ४ गरि जम्मा १० वटा विद्यालय छनौट भएका छन् । तराईबाट छनौट भएका विद्यालयहरूमध्ये झापा मोडेल अंग्रेजी विद्यालय पनि परियोजना सहकार्यको लागि नेपालबाट छानिएको प्रिसिन्पल सागर श्रेष्ठले बताए ।
खस गरि यूके अन्तर्गत स्कटलैण्डको त्यहाँ अवस्थित सवै भौगोलिक क्षेत्रका १० वटा विद्यालयहरू र नेपालका तराई , पहाड़ ,र हिमालय क्षेत्रका गरि १० वटा विद्यालयहरू वीच यस परियोजना कार्यमा सहकार्य हुनेछ । यो सहकार्य स्कटलैण्डको एक विद्यालयसंग नेपालको एक विद्यालयवीच हुनेछ ।
यो परियोजना कसरी सञ्चालन हुन्छ ?
यस परियोजना कार्य सम्पन्न गर्न विद्यालयले आफ्नो विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूबाट क्लव गठन गरि उनीहरूले जलवायु परिवर्तन सम्वन्धी परियोजना कार्य सम्पन्न गर्नु पर्नेछ । परियोजना सम्पन्न गर्नको लागि विद्यालयमा मौषम मापन केन्द्र राख्ने, कर्वन अक्ससाईड मात्रा मापन ,तापमान केन्द्र राख्नु पर्ने, सापेक्षिक आद्रता मापन केन्द्र जस्ता पूर्वाधार राखेर त्यस सम्बन्धी अध्ययन अनुसन्धान गरिनु पर्ने उल्लेख छ ।
परियोजना कार्यमा वायु प्रदूषण र पानी प्रदुषणको अवस्था , कारण र निर्मलिकरणको उपाय समेत अनुसन्धान गरिनेछ ।
अनुसन्धानमा विद्यार्थीले के गर्छन् ?
अनुसन्धानको क्रममा नेपालस्थित प्रत्येक भौगोलिक क्षेत्र ( तराई , पहाड र हिमाली )क्षेत्रको जलवायु , कार्वनडाईअक्साईडको मात्रा, तापक्रम, र सापेक्षिक आर्द्रता मापन गरि एक एक हप्ताको प्रतिवेदन तयार गरि सो प्रतिवेदन स्कटलैण्डका सहकार्य गर्ने स्कूलहरूसंग पनि तुलना गरिन्छ । ६ महिना पछि यस्को जलवायू परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय स्तरको सम्मेलनमा बिशिष्ठ वैज्ञानिक सोधकर्ताहरूबाट प्राप्त आँकडामाथि छलफल गरि विग्रदो वातावरणीय परिस्थिति सुधारको वाटो अवलम्वन गर्ने तर्फ अग्रसर हुने परियोजनाको उद्देश्य रहेको प्रिन्सीपल श्रेष्ठले जानकारी दिए ।सम्मेलन आगामी डिसेम्बर स्कटलैण्डमा हुदै छ । सम्मेलनमा परियोजनामा आवद्द सवै विद्यालयका सहभागीहरूले अनुसन्धान गरेको जलवायु परिवर्तनका आँकडा स्कटलैण्डको अनुभवी वैज्ञानिकहरूवाट प्रस्तुत गरिन्छ ।
यो अनुसन्धानबाट प्राप्त प्रतिवेदन माथिको तुलनात्मक छलफल कार्य निरन्तर ५ वर्ष सम्म सञ्चालन हुने छ ।
यो क्लाइमेट चेन्ज स्टडी परियोजना कार्य सम्पन्न गर्न व्रिटीस काउन्सीलले प्रत्येक सहभागी विद्यालयलाई आवश्यक आर्थिक अनुदान प्रदान गरि शैक्षिक अभिबृद्धि गर्नका लागि आवश्यक उपकरण तथा भौतिक सामाग्री स्थापनामा सहयोग पुरयाँउने छ ।
यो जलवायु सम्वन्धी अनुसन्धनात्मक कार्यले जलवायु परिवर्तन सम्बन्धी ज्ञान , परिवर्तित जलवायुले वातावरणमा पर्ने असर,यसबाट वच्ने उपाय, संयुक्त राष्ट्र संघको दीगो विकास प्राप्त गर्ने लक्ष्यको वारेमा विद्यार्थीहरू जानकार रहन्छन् । यसका अतिरिक्त विद्यार्थीहरूमा आफ्नो अध्ययनलाई रचनात्मक ढंगले अगाडि बढाउने , तार्किक क्षमताको विकास गराउने , विभिन्न सोध पत्र,लेख रचनाको अध्ययनले विद्यार्थीमा खोज तथा अनुसन्धान गर्ने सीप बढाउनका अतिरिक्त तुलनात्मक विश्लेषण गर्न सक्ने क्षमताको प्रचुर मात्रामा विकास गराउन सकिने विद्यालयका प्रिन्सिपल श्रेष्ठले वताएका छन् ।

Leave a Reply

Your email address will not be published.