
गौरादह, १७ जेठ । निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा काम गर्ने विपन्न तथा श्रमिक परिवारलाई झापाको गौरादहका राजनीतिक तथा व्यवसायी नेता जिवन राईले व्यक्तिगत खर्चमा खाद्यन्न राहत प्रदान गरेका छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा गौरादह उदोग वाणिज्य संघका निवर्तमान अध्यक्ष राईले आईतबार गौरादह १ र ७ का कूल २६ परिवारलाई प्रति परिवार २५ केजी चामलसहित दाल, नुन र तेल लगायत खाद्यन्न प्रदान गरेका हुन् ।
उनले वडा नं ७ का २० र वडा नं १ का ६ परिवारलाई राईले ति टोलमै पुगेर राहत प्रदान गरे ।
राईले गौरादह नगरमा जारी बन्दाबन्दीका कारण समस्यामा परेका अन्य विपन्नहरुलाई समेत आफूले सक्ने खाद्यन्न राहत स्वरुप दिने घोषणा समेत गरेका छन् । राईले भने – ‘मेरो सहयोग जो भोको छ उसलाई हुनेछ ।’