काठमाडौँ, २० वैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । आज शर्मा आफैले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतवार बेलुकी स्टार हस्पिटल पुगेर स्वाव दिएको थिएँ’ उनले लेखेका छन्–‘विहानीपख रिपोर्ट आयो पोजेटिभ ।’
लक्षणले च्यापे पनि मनोवल उच्च रहेको, डाक्टरको निर्देशन अनुसार औषधि सेवन गरिरहेको र डेरामै आइसोलेसनमा रहेको उनले बताएका छन् ।