दमक,२० बैशाख । कोरोना संक्रमणका कारण झापा, दमकका एक वृद्धाको मृत्यु भएको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार एकसाता देखि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक २ की ६५ वर्षिया एक वृद्धाको आज विहान मृत्यु भएको छ ।
कोरोना संक्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक बृद्धको निधन भएको थियो । दमकमा सोमबार बिहानसम्ममा नयाँ भेरियन्टका ७० जना संक्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।