कांग्रेससहितका दलहरुद्धारा कमल गाउँपालिकाको ध्यानाकर्षण


कमल,१९ बैशाख । झापाको कमल गाउँ पालिकाका विभिन्न मागहरु समेटेर स्थानीय राजनीतिक दलहरुले गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।
स्वास्थ्य ,शिक्षा ,भूमिहीन सुुकुमबासी,खेलकुद लगायतका विषयमा गाउँँपालिकाले वेवास्था गरेको भन्दै नेपाली कांग्रेससहितका मुख्य राजनीतिक दलहरुले गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेस, जनता समाजवादी पार्टी,नेकपा माओवादी केन्द्र,नेकपा संघीय लिम्बूवान पार्टी,राष्ट्रिय जनमुक्ति पार्टी,नेकपा माओवादी क्रान्तिकारी र नेकपा एमालेका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गरि त्यस्तो माग गरिएको जसपाका जिल्ला अध्यक्ष दिपेनवाला राईले वताए ।
उनका अनुसार आज गाउँपालिकामा पुगेर ती राजनीतिक दलका प्रतिनिधिमूलक प्रतिनिधिहरुले संयुक्त रुपमा गाउँपालिकाका उपाध्यक्ष बेणु शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठलाई बुझाईएको हो ।
चार वुँदे ध्यानाकर्षण पत्रमा सरकारले सवै स्थानीय तहमा ५ देखि १५ शैयाको आधारभूत अस्पताल वनाउने तथा भएका स्वास्थ्य चौकीलाई अपग्रेड वनाउने निर्णय गरिएपनि तयसलाई वेवास्था गरिएको , कमलकै गहनाका रुपमा रहेको कमल ५ को प्रस्तावित आदिवासी रंगशालालाई सोहि स्थानमा बनाउनका लागि आवश्यक वजेटको व्यवस्था गर्न तथा स्थानीय अभिभावकहरुको सहभागितामा विद्यालयमा विद्यालय व्यवस्थापन समिति अविलम्ब गठन गर्न उल्लेख गरिएको छ ।
उक्त ध्यानाकर्षण पत्रमा कांग्रेस गाउँपालिकाका सभापति खगेन भण्डारी, माओवादी केन्द्रका प्रताप राई, संघीय लिम्बुवान पार्टीका सुर्य योक्पाङदेन,जनमुक्ति पार्टीका मानबहादुर मगर ,माओवादी क्रान्तिकारीका सरल र नेकपा एमालेका होम बरालले हस्ताक्षार गरेका छन् ।
विभिन्न मागहरु समेटिएको ध्यानाकर्षण पत्र हस्तान्तरण पछि तोपगाछी गाविसका पूर्व अध्यक्ष समेत रहेका समाजसेवी पदम पौडेलले राजनीतिक दलहरुले उठाएका मागका बारेमा गाउँपालिकालाई ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published.