चुम्लुङ दमकले निकाल्यो नयाँ बर्षको भित्तेपात्रो

दमक,३ बैशाख । लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले नयाँ बर्ष २०७८ को भित्तेपात्रो निकालेको छ ।
चुम्लुङको सांगाठानिक गतिविधिहरुलाई समेटेर संस्थाले यसवर्ष पनि भित्तेपात्रो निकालेको हो । चुम्लुङ भवनमा आज एक कार्यक्रमका बीच भित्तेपात्रोको लोकापर्ण गरिएको अध्यक्ष देवेन्द्र चेम्जोङले जानकारी दिए ।
चुम्लुङले विगत पाँच वर्षदेखि संस्थागत रुपमा बर्सेनी नयाँ बर्षमा भित्तेपात्रो प्रकाशन गरिआएको छ ।
यसैवीच ,यहि बैशाख १० गते हुन लागेको चुम्लुङको दशौं नगर अधिबेशनको तयारी तीव्र पारिएको जनाइएको छ । स्थानीय किरात भवनमा हुने अधिबेशनमा चुम्लुङलाई योगदान पुरयाँउने एक दर्जन बढी विभिन्न व्यक्तिलाई सम्मानसहित नयाँ नेतृत्व चयन हुने अध्यक्ष चेम्जोङले वताएका छन् ।

Leave a Reply

Your email address will not be published.