दमक,१ बैशाख । सडक दुर्घटना न्यूनीकरण तथा रक्तदान सम्बन्धी जनचेतनामूलक सामाजिक कार्यमा क्रियाशील संस्था जीवन चक्र समाज नेपालले आज दमकमा शुभकामना आदान प्रदानसहित उत्कृष्ठ चालकलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरुले नयाँ वर्षलाई विकृतिरहित भाइचारा बनाउन खाचो रहेको औल्याएका थिए ।
समाजका सदस्य यज्ञ प्रसाद आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटा ,सार्वजनिक यातायात राष्ट्रिय महासंघ प्रदेश नम्बर १ का अध्यक्ष महेन्द्र अधिकारी पूर्व डिएसपी जीवन कुमार श्रेष्ठ ,यातायात व्यवसायी गंगा सिटौला,गणेश सर्जिकलका गणेश प्रधान ,एभरेस्ट सपिङ्ग सेन्टर दमकका प्रोपाइटर रोहित आचार्य,रोटरी क्लबका पूर्व अध्यक्ष संदिप चापागाईं,इलाका ट्राफिक प्रहरीका प्रमुख दिलिप कुमार चौधरी ,पत्रकार सुदिप अधिकारी ,केदार पौडेल लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा समाजका अध्यक्ष गणेश गौतमले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमका बारेमा सचिव बेनुराज प्रसाईले प्रकाश पारेको संस्थाका प्रवक्ता प्रदिपराज पौडेलले जानकारी दिए । कार्यक्रममा संस्थाले उत्कृष्ठ चालकका रुपमा मणि कुमार राई,राजकुमार बिकलाई माला दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रमलाई सफल बनाउन सहयोगी रुपमा गणेश सर्जिकल तथा निम्स हस्पिटलका संचालक गणेश प्रधान र पाण्डे इन्ड्रटिजका गंगा सागर पाण्डेले माक्स उपलब्ध गराएका थिए ।