फाल्गुनन्द शाकोसको प्रतिवेदन सार्वजनिक

दमक,२७ कार्तिक । दमक -१ हवल्दार चौंकमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आसन्न १५ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको कार्यालयमा शुक्रवार संक्षिप्त कार्यक्रम गरि सञ्चालक समितिको प्रतिवेदन पुस्तिका सामूहिक रुपमा सार्वजनिकरण गरिएको हो ।
प्रतिवेदन पुस्तिकाको संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प) ,उपाध्यक्ष फूलमाया आङदेम्बे, संस्थाका सल्लाहकार संयोजक जगनसिंह जवेगु, लेखा सुपरीवेक्षण समितिका संयोजक बीरवहादुर लावती,व्यवस्थापक कुवेर तुम्बापो लगायतले सार्वजनिकरण गरेका थिए । कार्यक्रममा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक लावती, संस्थाका अध्यक्ष लिङदेन लगायतले संस्थाको अवस्था, भावी कार्ययोजनाका विषयमा जानकारी गराएका थिए ।
झापासहित मोरङको उर्लावारी नगरपालिका र इलामको चुलाचुली गाउँपालिका कार्यक्षेत्र रहेको सो संस्थाले दमकसहित जिल्लाको विर्तामोड , शिवसताक्षी र उर्लावारीमा सेवा केन्द्र सञ्चालन छन् ।
संस्थाले कार्तिक ३० गते विर्तामोड सेवा केन्द्रवाट इकाई गत साधारण सभा गरि मंसीर ५ गते दमकको पशुपति मन्दिरको सभाहलमा माइन्यूट प्रमाणिकरण सभा गरि यस वर्षको साधारणसभा सम्पन्न गरिने अध्यक्ष लिङदेनले जानकारी दिए । समापन सभामा सहकारीमा कारोवार गर्ने उत्कृष्ठ शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको व्यवस्थापक कुवेर तुम्बापोले बताए ।
उनका अनुसार इकाईगत साधारण सभा अन्तर्गत मंसीर २ गते झिलझिले सेवा केन्द्र र ३ गते उर्लावारी सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई लक्षित गरि सभा सम्पन्न हुने छन् ।
२५५४ जना शेयर सदस्यहरु आवद्ध रहेको संस्थाको शेयर पूंजी ४ करोड १५ लाख ६९ हजार ,कोष हिसाव २ करोड ९४ लाख १७ हजार ७सय ५ , बचत हिसाव १९ करोड ६९ लाख ५४ हजार २ सय ९९, कर्जा लगानी १९ करोड २४ लाख २४ हजार १४ रुपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.