-डा. लेखनाथ न्यौपाने
जीवन सफल हुनु भनेको पैसा कमाउनु, ठूलो पदमा पुग्नु, गाडीघोडा जोडनु, ठूलो घर भएर मात्र होइन, सफल जीवनको पहिलो सुत्र भनेको स्वस्थ रहन सक्नु हो । जो मानिस उपचारका नाममा कम खर्च गर्छ, सकेसम्म अस्पताल पुग्दै पुग्दैन, औषधिको सेवन नियमित गर्नु पर्दैन भने ऊ धनी, खुसी र सुखी मानिस हो । “स्वस्थ्य नै धन हो” भन्ने मान्यतालाई सर्वोपरि मान्ने हो भने स्वस्थ रहन सक्नु मानिसको पहिलो सफलता हो ।
प्रकृतिले हरेक प्राणी र वनस्पतिलाई स्वस्थ रहने अनेक उपायहरु स्यम शरीरमा प्रदान गरेको छ र स्वस्थ भोजनकालागि प्रकृतिमा नै प्राकृतिक खानेकुरा प्रदान गरेको छ । यसको नियमलाई वुझेर पालना गर्ने हो भने हाम्रो विग्रिदै गएको स्वास्थ्यमा सुधार आउँछ । बिग्रिदै गएको जीवन सुध्र्रिन सक्छ । त्यसैले स्वस्थ जीवनशैली र स्वस्थ खानपान हामी सबैको पहिलो प्राथमिकतामा पर्नु पर्छ ।
प्रकृतिले हामीलाई स्वस्थ रहन, स्वस्थ खाना खाने तरिका र समय पनि दिएको छ । जसरी २४ घण्टामा रात र दिन हुन्छ त्यसरी नै हामीलाई दिउसो खाने, काम गर्ने र राती सुत्ने समय दिइएको छ । तर यदि हामी दिउसो पनि खाने र काम गर्ने अनि राती पनि खाने र काम गर्न थाल्यौं भने के होला ? कल्पना गरौं त । पक्कै पनि स्वास्थ्य विग्रिन्छ । त्यसैले प्रकृतिले मानिसलाई पनि पशुलाई जस्तै दिउसो मात्र खाना खान भनेको छ । जसरी पशुपक्षी दिउसो मात्र खान्छन्, राती आराम गर्छन्, उग्राएर खाएको खाना पचाउँछन् । त्यसैले उनीहरु स्वस्थ रहन्छन् । त्यसरी नै हामी मानिस पनि पहिले पहिले दिउसो मात्र खान्थ्यौं, समयमै सुत्थ्यौं, विहान चाडै उठ्थ्यौं र आजको समयका मानिस भन्दा स्वस्थ थियौं ।
आजकल दिउँसो भन्दा राती धेरै खान थाल्यौं, सुत्न, निदाउँन छाड्यौं, प्राकृतिक रुपमा पाकेका खाना भन्दा कृतिम र प्रोसेसिङ खानमा रमाउन थाल्यौं । शरीरलाई आवश्यक भन्दा धेरै र एकै पटकमा भिन्न भिन्न परिकार खान थाल्यौं । यो कार्यले हामीलाई बलवान बनाउनुको सट्टा कमजोर र रोगी बनायो । आज हामी आफै स्वास्थ्य बिगारेर भएको पैसा उपचारमा सकिरहेका छौंं । के यो सही र सुखी जीवन हो त ?
खाना भनेको शरीर स्वस्थ राख्ने र रोगीलाई निको पार्ने एक प्रकारको औषधि पनि हो ।
हामीले खानलाई अमृतजस्तो मानेर र त्यस्तै बनाएर खाने हो । वनस्पतिबाट प्राप्त हुने अमिलो, पिरो, चिल्लो जस्तै कागती, अमला, टमाटर, हरियो खोर्सार्नी, फलफुल, सागपात, दुध दही, घिउ आदि स्वस्थकर खानेकुरा हुन् । इच्छा र स्वाद अनुसार यस्ता खानेकुरा प्रसस्त खानुपर्छ ।
फलफुल, दही, मही या पेयपदार्थ विहान र दिउसो खानु उत्तम हुन्छ । बेलुका र राती सेवन गर्नु उत्तम मानिदैन । यसले शरीरमा हानी हुने, सर्दी लाग्ने या पाचन बिग्रने हुन्छ । विहान उठेर कागती पानी या मनतातो पानी टुकरुक्क(मलासन आसनमा) बसेर पिउनु राम्रो हो । यसले रातभरी पाचन तन्त्रमा जम्मा भएको अम्ल र अनेक अनावश्यक वस्तु बाहिर निकाल्छ, पेट साफ हुन्छ । त्यसको केहि समयपछि फलफुल आदि खान सकिन्छ । जसले शरीरमा भएको अनावश्यक अम्ल(एसिड)लाई घटाउँछ, भोक वढाउँछ जस्तै स्याउ, ड्राई फ्रुट्स् । विहानको खाना केहि वढी, सजिलै पच्ने र सलाद सहितको हुनुपर्छ । आगोमा हलुका पकाएको सब्जी भए उत्तम हुन्छ । दिउसो आवश्यक भए हलुका खाजा नत्र फल खाए पुग्छ र बेलुका सके घाम डुब्नु अगावै नभए पनि ८ बजे सम्ममा थोरै खान खाने र कम्तीमा १०० पाइला हिँडने बानी स्वास्थ्यकालागि धेरै उत्तम मानिन्छ । खानापछि बज्रासनमा बस्नाले पेट सफा हुने र पाचन राम्रो हुने गर्छ ।
…………………………………………………………………………………………………………………………………………………………………..
पशुप्राणीले फाइबर प्रसस्त भएको काँचै खानेकुरा, घासपात र दाना खान्छन् । सजिलै पचउँछन् र १२ घण्टा नवित्तै गोबरको रुपमा बाहिर प्mयाक्छन्, न ग्यास बनिन्छ, न अपच हुन्छ । हामी मानिसको संरचना अनुसार पाचननली केहि लामो भएका कारण ढिलो गरेर मल त्याग गर्ने व्यवस्था छ । जति लामो समय हामीले खाएको खाना पेटमा रहन्छ त्यती नै धेरै सड्न थाल्छ र ग्यास बन्छ । हाम्रो आमाशयबाट खाना अगाडी वढेर शोषण हुन् धेरै भनेको १० घण्टा लाग्छ । बाँकी केहि घण्टामा सानो आन्द्रा भएर ठूलो आन्द्रा हुँदै मल बाहिर निस्कनु पर्छ । तर यति छिटो हुँदैन । यसको मुख्य कारण हामीले खान नजानेर हो । जिब्राको स्वादकालागि अनेक खानेकुरा एकैपटक खाएर हो । गरिष्ट भोजन धेरै मात्रामा खाएर हो । साथमा प्रसस्त फाइबर पाइने, साग, सलाद आदि नखाएर हो । यथेस्ट पानी नपिएर हो । शारीरिक व्यायाम नगरेर हो ।
हाम्रो शरीरको बनावट र आवश्यकता अनुसार हामीले खाने सबै भन्दा राम्रो र उपयोगी खाध्य वस्तु हुन् सूर्यको किरणले पाकेका र बारीमा उम्रेर फलेका फलफुल, अन्न अनि सागपात । यिनीहरुलाई प्रकृतिले मानिसकै लागि फलाईदिएको हो । त्यसैले यी फलफुल र सागपातको सेवन उत्तम खानामा पर्दछन् । यी फलफुल काँचै खाने हुन् । यिनीहरुलाई प्रकृतिले नै पकाएर खानयोग्य बनाई दिएको छ । यस्ता खानेकुरामा प्रसस्त मात्रामा सोडियम, पोटासियम, विभिन्न भिटामिन, क्याल्सियम, जिंकलगायतका शरीरलाई आवश्यक तत्व पाइन्छन् । दोस्रो, आगोमा पकाएका खानेकुरा जस्तै अन्नका परिकार, मध्यम उपयोगी हुन्छन् । कम तापमा र ठिक्क मात्रामा पकाइएका खाना मध्यम पोसिला र पाचन प्रक्रियामा सहज हुन्छन् । हामी मानिस प्राय यस्तै खाना खान्छौं । यस्ता खानेकुराकमा केहि भिटामिन र मिनरल आगोमा पकाउदा नष्ट भए पनि यस्तै खाना धेरै प्रचलनमा छन् । तेस्रो, खाना जो पाचनतन्त्रले पुनः पकाउनु पर्ने प्रकृतिका हुन्छन् । यस्ता खानेकारा धेरै फाइदाकारी हुदैनन् जस्तै मांसाहार, अत्यधिक तेल, मसला, प्रोसेसिङ फुड, चिनी, कोकजन्य पेय पदार्थ, बासी र लामो समय फ्रिजमा राखिएका खानेकुरा, मैदाबाट बनाइएका खानेकुरा । यी खाध्य वस्तुमा नुन, चिनी र अन्य केमिकल धेरै राखिएका हुन्छन् र लामो समय देखि बनाएर राखिएका हुन्छन् । यस्ता खानेकुराले शरीर र पाचनलाई हानी मात्र पुर्याउदैनन् शरीरमा अनावश्यक हर्मोन(रसराग)को विकासमा उक्साहट ल्याउँछन् र हामी विरामी पर्छौं । यस्तै प्रकारका खाना लामो समयसम्म सेवन गरेमा मुटु रोग, उच्च रक्तचाप, कब्जियत, पायल्स, मिर्गौला रोग, मधुमेह, क्यान्सर आदिको जन्म हुन्छ ।
सक्षिप्तमा भन्दा काचैखाने खानेकुरा अत्यन्तै पौष्टिक र पच्न सहज हुन्छ जो घामले पाकेका हुन्छन् । यस्ता फलफुल र तरकारीमा क्षारको मात्र वढी हुन्छ जसले एसिडिटी (अम्पपित्त) हुनबाट बचाउँछ । मध्यम उपयोगी खाना आगोमा पकाइएका र तेस्रो जो आगोले पकाएर पनि पच्न सहज नहुनेलाई पाचनतन्त्रले पकाउनु पर्छ र मात्र पच्न योग्य हुन्छन् । यस्ता खानेकुरामा अम्लको मात्रा धेरै हुन्छ साथमा अनावशयक तत्व पनि धेरै रहने कारण एसिडिटी, कब्जियत, मुटुरोग, अनावस्यक उत्तेजान लगायतका समस्या भइरहन्छ । यस्ता खानेकुरा लामो समय सेवन गर्नाले रोगी भइन्छ । र, यस्तो भोजन प्राय सेवन गर्ने मानिसलाई भोगी भनिन्छ ।
पछिल्लो खोज र अनुसन्धान अनुसार चिनी शरीरका लागि थोरै इनर्जी दिनेबाहेक जिब्रोको स्वाद भन्दा अरु उपयोगी नभएको पाइएको छ । फेरि यसलाई पेटमा पचाउन पनि धेरै शक्ति चाहिने देखियो । अनुसन्धानले के पनि देखाउछ भने, शरीरमा जतिधेरै चिनिजन्य गुलियो पदार्थको मात्रा देखिन्छ क्यान्सरजस्ता घातक रोगको विकास तिब्ररुपमा भएको पाइएको छ । यदि ६ महिनासम्म चिनी र चिनी हालेका खानेकुरा नखाने हो भने क्यान्सर कोषहरु घटेर जाने देखिएको छ । त्यसैले चिनी र चिनी हालेर बानइएका पेय पदार्थ, मिठाई जस्ता खानेकुरा सेवन नर्गनु उत्तम मानिन्छ । चिनीलाई सेतो बनाउन र दानादान बनाउन विभिन्न केमिकल मिसाइएको हुन्छ जो शरीरका लागि हानिकारक हुन्छन् साथमा चिनी बनाउँदा अत्यधिक मात्रामा तताइएको हुन्छ ।
आजकल बजारमा यस्ता भिटामिन किन्न पाइन्छ । जसलाई भिटामिन डि३ को कमी छ भने बजारमा पाइने क्याप्सुल खाँदा थोरै चिल्लो पदार्थ पनि खानुपर्छ । यस्ता भिटामिनको कमी भएमा कमजोरी, जिउ थाक्ने, जागर नचल्ने, मन असान्त हुने, शरीरको विकासमा बाधा आउने गर्छ, हड्डी कमजोर हुने मन नलनग्नेजस्ता समस्या हुन्छन् भने भिटामिन ए र सि को कमीले शरीरमा रोगप्रतिरोधी क्षमता घटाएर विभिन्न संक्रामक रोग लाग्ने हुन्छ । आँखा कमजोर हुन्छ । रुघामर्की लागीरहन्छ । भिटामिन ए र सि विभिन्न फलफुल र सागपातमा पाइन्छ ।
…………………………………………………………………………………………………………………………………………………
उखुबाटै बनाइएको सक्खर अथवा गुण भने धेरै उपयोगी देखिएको छ । यसमा प्रसस्त इनर्जी, सोडियम, पोटासियम, क्याल्सियम, फस्फोरस, आइरन, भिटामिन, जिंकलगायतका आवश्यक तत्व पाइन्छन् । रोगप्रतिरोधात्मक क्षमता वढाउने अन्य तत्वहरु पनि प्रसस्त पाइने हुनाले सक्खर स्वाथ्यका लागि उत्तम खानेकुरा प्रमाणित भएको छ । यसरी नै मह पनि शरीरका लागि बहुउपयोगी खाध्य पदार्थमा पर्दछ । यसमा पनि शरीरलाई आवश्यक पर्ने धेरै तत्वहरु रहेका हुन्छन् र मह कहिल्यै निबिग्रिने खाध्य पदार्थ हो ।
खाना पचाउने धेरै प्रकारका व्याक्टेरिया हाम्रो पाचन तन्त्र अथवा आन्द्रामा हुन्छन् । यसलाई इन्टेस्टाइनल प्mोलोरा भनिन्छ । उदाहरणका लागी दुध र दहीलाई लिन सकिन्छ । दुधमा लेक्टोज हुने भएकाले सबैलाई दुध पच्दैन तर दहीमा लेक्टोबेसिलस हुने भएकाले सजिलै पच्छ । दुधलाई जमाउँदा फ्रिमेन्टेसन हुन्छ र दही बन्छ जसमा लेक्टोबेसिलस थपिन्छ अनि पाचन सहज हुन्छ । यसरी नै अन्य खानेकुरालाई पनि त्यहाँ भएको प्mलोराले पचाउन सघाउँछ ।
खानामा पाइने र शरीरलाई आवश्यक धेरै प्रकारका तत्व मध्ये एउटा हो म्याग्नेसियम । यसले शरीरलाई आवश्यक तत्वहरु शोषण गरेर पाचनक्रिया सहज र शरीर स्वस्थ बनाउन, रक्तचाप नियन्त्रणमा राख्न, मुटुलाई स्वस्थ राख्न, सोडियम पोटासियमलाई नियन्त्रणमा राख्न, नसालाई सक्रिय राख्न र हातखुट्टा बाउडिन नदिन सघाउँछ । हामीले खाने खानेकुरा प्राय सबैमा म्याग्नेसियम पाइन्छ । धेरै मात्रामा पालकको साग, सनप्mलावर, केरा, दुध र यसको प्रोडक्ट, कालो चकलेट आदिमा पाइन्छ । यसको कमी भएमा हातखुट्टा बाउडिने, चाडै थाक्ने, हड्डी कमजोर हुने, रक्तचाप वढने हुन्छ ।
यसरी नै हाम्रो शरीरलाई चाहिने भिटामिन दुई प्रकारका हुन्छन् । भिटामिन ए, डि, इ, के बोसो(चिल्लो)मा घुल्ने र भिटामिन बि अनि सि पानीमा घुल्ने हुन्छन् । यस्ता भिटामिनहरु धेरैजसो खानेकुरा र फलफुलमा पाइन्छ । विशेष गरेर भिटामिन बि१२ र डि३ हाम्रो शरीरलाई धेरै मात्रामा चाहिने र माछामासुमा बि१२ धेरै पाइने हुँदा साकाहारीले फलफुललगायतका खानेकुरा धेरै खानुपर्छ । यसरी नै डि३ भने घामको किरणमा पनि पाइने हुँदा हरेक दिन १५ मिनेट या हप्तामा आधा घण्टा बिहान दश बजेतिरको घाम ताप्नु राम्रो हो । तर घाम तापेर मात्र हुँदैन खानामा पनि चिल्लो पदार्थ जस्तै घिउ, दुध, दहि या कुनै चिल्लो पदार्थ खानुपर्छ र मात्र आन्द्राबाट शोषण भएर उपयोगमा आउँछ ।
आजकल बजारमा यस्ता भिटामिन किन्न पाइन्छ । जसलाई भिटामिन डि३ को कमी छ भने बजारमा पाइने क्याप्सुल खाँदा थोरै चिल्लो पदार्थ पनि खानुपर्छ । यस्ता भिटामिनको कमी भएमा कमजोरी, जिउ थाक्ने, जागर नचल्ने, मन असान्त हुने, शरीरको विकासमा बाधा आउने गर्छ, हड्डी कमजोर हुने मन नलनग्नेजस्ता समस्या हुन्छन् भने भिटामिन ए र सि को कमीले शरीरमा रोगप्रतिरोधी क्षमता घटाएर विभिन्न संक्रामक रोग लाग्ने हुन्छ । आँखा कमजोर हुन्छ । रुघामर्की लागीरहन्छ । भिटामिन ए र सि विभिन्न फलफुल र सागपातमा पाइन्छ ।
त्यसो भए खानामा के खाने, कतिबेला खाने, कति खाने र कस्तो खाने त ? प्रकृतिमा फलेका, पाकेका र माटामा उम्रेका अनि काँचै खान मिल्ने हरेक खाध्य वस्तु उत्तम हुन् जस्तै, फलफुल तरकारी, गेडागुडी, नफलेको चामल, कोदो फापर सिस्नो, दुग्ध पदार्थ । तर दुधको सहायतामा वनिएका आइसक्रिम या चकलेट, पनिर भने धेरै फाइदाकारी हुँदैनन् । किनभने यस्ता खानेकुरा प्रोसेसिङ गरिएका हुन्छन् । अन्य केमिकल हालिएका हुन्छन् । अप्राकृतिक स्वाद हालिएको हुन्छ र लामो समय राखिएका हुन्छन् । यस्ता प्रोसेसिङ गरिएका खाना कुनै खुसियालीमा या लामो समयको अन्तरालमा र थोरै मात्रमा सेवन गर्न सकिन्छ तर हरेक दिन होइन ।
फलफुल, दही, मही या पेयपदार्थ विहान र दिउसो खानु उत्तम हुन्छ । बेलुका र राती सेवन गर्नु उत्तम मानिदैन । यसले शरीरमा हानी हुने, सर्दी लाग्ने या पाचन बिग्रने हुन्छ । विहान उठेर कागती पानी या मनतातो पानी टुकरुक्क(मलासन आसनमा) बसेर पिउनु राम्रो हो । यसले रातभरी पाचन तन्त्रमा जम्मा भएको अम्ल र अनेक अनावश्यक वस्तु बाहिर निकाल्छ, पेट साफ हुन्छ । त्यसको केहि समयपछि फलफुल आदि खान सकिन्छ । जसले शरीरमा भएको अनावश्यक अम्ल(एसिड)लाई घटाउँछ, भोक वढाउँछ जस्तै स्याउ, ड्राई फ्रुट्स् । विहानको खाना केहि वढी, सजिलै पच्ने र सलाद सहितको हुनुपर्छ । आगोमा हलुका पकाएको सब्जी भए उत्तम हुन्छ । दिउसो आवश्यक भए हलुका खाजा नत्र फल खाए पुग्छ र बेलुका सके घाम डुब्नु अगावै नभए पनि ८ बजे सम्ममा थोरै खान खाने र कम्तीमा १०० पाइला हिँडने बानी स्वास्थ्यकालागि धेरै उत्तम मानिन्छ । खानापछि बज्रासनमा बस्नाले पेट सफा हुने र पाचन राम्रो हुने गर्छ ।
खाना चपाएर विस्तारै खानुपर्छ । जति चपाएर खायो त्यती पाचनमा सहज हुन्छ । शास्त्रिय मान्यता अनुसार ३२ गास खान प्रयाप्त हुन्छ र हरेक पटकको गास ३२सै पटक चपाएर निल्नुपर्छ । चपाएर खाएको खानामा रहेका पौष्टिक तत्व आन्द्राबाट शोषण भएर कलेजोमा पुग्न सहज हुन्छ । खाना सकेसम्म भुइमा बसेर पलेटी मारेर खादा पेटमा रक्तसंचार राम्रो हुने र पाचन सहज हुने गर्छ । खानामा कार्बोहाइड्रेट भन्दा प्रोटिन धेरै भएका खानेकुरा जस्तै दाल, चना, भटमास, मकै दहीदुध, मांसहारीले मासु अण्डा थोरै खान सकिन्छ । खाजाको रुपमा कोदो फापर भए उत्तम हुन्छ ।
बौद्ध ग्रन्थ अनुसार “उत्तम खाना भनेको जमीनमा उम्रिएका या फलेका अन्न सागपात र फल हुन् । जन्मिएका (मासुजन्य) खानेकुरा मानव शरीरकालागि उत्तम मानिदैनन् ।”
मुखमा रहेका विभिन्न पाचन रसले खानालाई पच्न योग्य मात्रै बनाउँदैन सन्तुष्टि पनि प्रप्त हुन्छ । त्यसैले चपाएर खानुपर्छ । खुसी र आनन्द पनि खानाले नै प्रदान गर्छ । विज्ञानको नियम र पाचन प्रकृया अनुसार खानाको २ घण्टापछि मात्र पानी पिउनु पर्छ । सुत्नुअघि भए थोरै दुध नभए पानी पिउनु उत्तम हो । अझ दुधमा बेसार मिसाएर पिउँनसके झनै राम्रो हुन्छ । यसले हृदयघात हुनबाट बचाउँने, शरीरमा चिसो घुस्नबाट बचाउने र शरीरमा क्याल्सियमको कमी हुन पाउदैन । यसको सेवनले हातखुट्टा नबाउडिने अध्यायनले देखाएको छ ।
मांसहारले सकेसम्म विहान या दिउसो मात्र माछामासु खाने गर्नुपर्छ । यसलाई पचाउन समय लाग्ने हुँदा कमसेकम माछामासु या अण्डा खाएपछि ९ घण्टा या मजाले भोक नलागुन्जेल पुनः खाना नखाने, मात्र पानी पिउने गर्नुपर्छ । खानेकुरा या माछामासु पटक पटक पकाएर या फ्रिजमा लामो समय राखेर खाएमा स्वास्थ्यमा असर पुग्छ । यसले शरीरमा विकार उत्पन्न गराउँछ र विभिन्न रोग लाग्ने सम्भावना वढेर जान्छ । माछामासु र गरिष्ट भोजन बेलुकाको समयमा नर्गनु उत्तम हुन्छ । यसले राती सुतेको बेलामा रगत बाक्लो बानएर हृदयघात हुने सम्भावना धेरै हुन्छ । शरीर मोटो भएर जान्छ । त्यसैले सुत्ने बेलामा पानी या तर निकालेको दुध पिएर सुतेमा रगत बाक्लो हुन पाउँदैन र हृदयघात हुने सम्भावना पनि न्युन रहन्छ ।
आजकल मासुका लागि उपयोग गरिने पशुपंक्षीलाई बडो कस्टकासाथ एक ठाउँबाट अर्को ठाउँमा लगिन्छ । यातनाका साँथ ओसारिएका ती पशुपंक्षीमा शरीरिक पिडाका कारण अनावश्यक रसराग(हर्मोन) सिक्रिसन भइरहेका हुन्छन् । जो शरीरकालागि हानीकारक हुन्छन् । यो अवस्थामा बध गरिएका पशुपंक्षीको मासुमा पनि ती अस्वस्थकर रसहरु मिसिएर मानिसको शरीरमा पुग्छन् । यसले हाम्रो शरीरलाई पनि विकृत बनाउन सघउँछ अथवा अस्वस्थ बनाउँछ । त्यसैले मासाहारीले स्वस्थ र पिडा नदिई बध गरिएका पशुको मासु सेवन गर्नुपर्छ । आजकल पशुका आहारमा पनि आवश्यक भन्दा धेरै केमिकलयुक्त पदार्थ मिसाएर दाना तयार पारिन्छ । यस्ता खानेकुरा खाएका पशुको शरीर र मासु के स्वस्थकर होला ?
खानाका तिन प्रकार हुन्छन्, सात्विक राजसी र तामसी । स्वाद, खाना खाने स्वभाव र इच्छा अनुसार खाना जुन र जे खाए पनि स्वस्थकर हुनुपर्छ भन्ने मान्यता पश्चिमाहरुको छ । तर हाम्रो बैदिक शास्त्र र हाम्रो परम्परा अन्य भन्दा राम्रो रहेको देखिन्छ । कुन महिनामा कस्तो खानेकुरा खाने, कुन चाडमा कुन कुन खानेकुरा खाने भनेर पहिले नै बताइएको छ । यस्ता खानाहरु स्वस्थका लागि उपयोगी र पाचन सहज हुँने अनि स्वस्थ राख्ने प्रकृतिका हुन्छन् । हरेक चाडपर्वमा भिन्ना भिन्नै खाना र परिकार खाने प्रचलनले अझ रोचकता थपेको छ ।
सात्विक खाना शरीरका लागि सबैभन्दा राम्रो मानिन्छ । यसमा दालभात सब्जी, दुध या दही, सलाद र अचार मुख्य खाना हुन् । यो सन्तुलित आहार पनि हो । यो खाना, विरामी, वुद्ध, केटाकेटी, गर्भवती सबैकालागि उत्तम मानिन्छ । उहिले राजामहाराजाले खाने खाना हो राजसी जो आज पनि भिआईपि भनाउदाले खान्छन् । यसमा खानाका परिकार धेरै, पोषिला र शरीरलाई चाहिने भन्दा धेरै र माछामासु पनि हुने भएकाले धेरै स्वस्थकर मानिदैन । यसरी नै तामसी खानामा भने माछामासु, मदिरालगायतका खानेकुरा समावेस हुँने भएकाले अरु हानीकारक हुन्छ । संसारमा यस्तै खानेकुरा धेरै पकाइने र खाइने गरिन्छ । यस्ता खानाको लगातार सेवनले धेरै प्रकारका रोगहरु लाग्ने सम्भावना हुन्छ ।

विशेष गरेर खानालाई दुई प्रकारमा बाडिएको छ, एउटा मासंहारी खाना अर्को शाकाहारी । सामान्यतया के मान्यता छ भने मंसहारी भोजन स्वास्थ्यका लागि, निरोगी रहन र प्रोटिन भिटामिन सबै भएको उपयुक्त खाना हो । तर साकाहारी भोजन स्वास्थ्य शरीराका लागि उत्तिकै राम्रो भन्दा अझै राम्रो अध्यायनले देखाएको छ । विशेष गरेर प्रोटिन र भिटामीन बी१२ र डी३ मांसहार भोजनमा धेरै पाइने बताइए पनि साकाहारी भोजनमा पनि प्रसस्त पाइन्छ । पछिल्लो अध्यायनो आधारमा कोदो, फापर, भटमास र यसको मसेउरा, सजिउन, कुरिलो, च्याउ, गुन्द्रुक, उमारेका गेडागुडीमा प्रसस्ता प्रोटिन भिटामिन, क्याल्सियम आदि पाइन्छ । त्यसमा पनि सोयाबिनबाट बनेको मसेउरा मासुमा भन्दा पनि धेरै प्रोटिन पाइने खाध्य बस्तु अनि कोलेस्ट्रोल र अनावश्यक चिल्लो नपाइने सुपर फुड हो । यसलाई साकाहारीले प्रोटिन र फाइबरको उच्च स्रोतको रुपमा सेवन गर्न सकिन्छ । यसमा मासुमा जस्तो अनावश्यक रोग उत्पन्न गराउने तत्वहरु नगण्य रहने भएकाले महिलाहरुमा हुने प्रजाजन समस्या र पिसिओडी पनि कम हुँने देखाएको छ । यसलाई पकाउनु अघि आधा घण्टासम्म तातो पानीमा भिजाउने अनि १० मिनेटजती मधुरो आगोमा पकाएर खाएमा प्रसस्त प्रोटिन र भिटामिन पाइने कुरा डा ओममुर्ती अनिलको अनुसन्धानले देखाएको छ । यसमा शरीरलाई चाहिने धेरैकुरा उपलब्ध छ ।
………………………………………………………………………………………………………………………………………………………………………………….
चाडै सुत्ने, कम्तिमा ६ घण्टा सुत्ने र खान खाएको दुई घण्टा र पानी पिएको आधा घण्टापछि सुत्नु राम्रो मानिन्छ । खानापछि सुत्नुपरे देब्रे कोल्टो सुतेमा पाचन र मुटुको गति राम्रो रहन्छ । सुत्नु अघि सकारात्मक सोच या कल्पनामा रमाउनु राम्रो हो । सुत्नु या निदाउनु भनेको एक प्रकारले छोटो मर्नु हो । हामीले केहि पनि थाहा पाउँदैनौं । यो बेलामा जे पनि हुन सक्छ । हरेक रात सुतेकै बेलामा विश्वमा २ लाख भन्दा धेरै मानिस सदाकालागि बिउँझिदैनन् । उनीहरुले अर्को दिन देख्न पाउँदैनन् । सकारात्मक सोच र विधाताप्रति कृतज्ञ भएर सुतेमा हाम्रो शरीरमा सकारात्मक उर्जा पैदा हुन्छ । यसो गर्दा डरलाग्दा सपना नआउने, निद्रा लाग्ने, हृदयघात कमै हुने अनि घुर्ने समस्या कम भएर जाने अध्यायनले देखाएको छ । विहान उठेर उही विधातालाई सम्झिनु पर्छ, धन्यवाद दिनुपर्छ । जसले आजको सुन्दर दिन र आफुले गर्न चाहेको राम्रो काम गर्न समय प्रदान गरेको छ । विधाताले जुन दिन हामीलाई थाम्न, समाउन र हेर्न छाड्छन् हाम्रो शरीर लासमा परिणत हुन्छ ।
हामीले सेवन गर्ने अन्न र फलफुल हाम्रो जीवन हो । हाम्रो शरीरमा हुने हरेक परिवर्तनको मुख्य भूमिका हामीले खाएको खानाले खेल्छ । यदी हामीले शरीरलाई सकारात्मक उर्जा दिने खानेकुरा सेवन गरेमा हाम्रो मस्तिष्क पनि सकारात्मक रुपमा चल्छ । यदि खानामा अनावश्यक खानेकुरा जस्तै अत्यधिक मदिरा, दैनिकजसो माछामासु या अत्यधिक खाना खाएमा र ननिदाएमा शरीरले आवश्यक भन्दा अनावश्यक रसको उत्पादनमा वृद्धि गर्छ । यसले सकारात्मक भन्दा नकारात्मक काम गर्न मन र मस्तिष्कलाई सक्रिय बनाउँछ । विस्तारै कुलतमा लैजान सक्छ । एक पटक कुलतमा फसेपछि बाहिर आउँन कठिन हुन्छ ।
एउटा अध्यायन अनुसार हामी जति खाना खान्छौं त्यसको एक तिहाई मात्र शरीरमा उपयोग हुन्छ । बाँकी दुई तिहाई केहि बोसोमा परिणत हुन्छ र बाँकी मलका रुपमा जाने हो । त्यसैले भनिएको छ, “थोरै खाए बल धेरै खाए मल ।” दीर्घजीवि हुन र स्वस्थ रहन खान थोरै र कमसेकम ६ घण्टाको फरकमा खानु उत्तम मानिन्छ । समग्रमा खाना भोक लागेपछि मात्र खानुपर्छ । उत्तम खाना भनेको कोदो, फापर, कागुनो, बाजरा, पोलिस नगरेको चामल, मकै, दालजन्य गेडागुडी, सिस्नो, सजिउन, मुलाको पात, बन्दा कोपी, बैगुन, हरियो मटरकोषा, टमाटर, चना, सागसब्जी र न्युट्रेला हुन् । अथवा प्रकृतिमा फलेका खानेकुरा स्वस्थकर हुन्छन् ।
आमाको दुधपछि गाइको दुध उत्तम मानिए पनि दुध भन्दा दहि पौष्टिक र पाचन सहज बनाउने औषधि पनि हो । त्यसैले दही, मही थोरै मात्रामा घिउ अनि केटाकेटी, बुढाबुढीलाई दुध राम्रो मानिए पनि पाचन क्षमता कमजोर छ भने दुग्धजन्य पदार्थ उत्तम मानिदैन । दुधमा लेक्टोज र दहीमा लेक्टोबेसिलस हुन्छ । यही करण दुध पच्न कठिन हुन्छ भने दही सजिलै पच्छ । यसरी नै चिनी अथवा ग्लुकोजले रगतमा चिनीको मात्रा वढाउँछ भने फ्रुक्टोजले घटाउँछ । फलफुलमा फ्रुक्टोज हुने भएकाले चिनी सेवन जस्तो रगतमा ग्लुकोज वढाउँदैन । त्यसैले निस्चित मात्रामा मधुमेह रोगीले फलफुल, जमीनमुनी फलेका खानेकुरा खान मिल्छ जस्तै, आलु, पिडालु, सुठुनी, आदि ।
हामीले खाना खादा आधा पेट मात्र खानुपर्छ । एक भाग पानीकालागि र एक भाग हावा र कलेजोबाट आउँने पाचन रसकालागि राख्नुपर्छ । यसो गरिएमा खाना राम्रोसँग पच्छ । शरीरमा सकारात्मक रसराग र शक्ति उत्पादन हुन्छ र हामी निरोगी हुन्छौं । पेटमा हुने अनेक सम्स्या जस्तै गयास्ट्रिक, कब्जियत आदि हुन पाउँदैन ।
खानाले नै हाम्रो जीवनको लक्ष्य निर्धारण गर्दछ । उपयुक्त खानाले मनलाई सकारात्मक सोच तर्फ लैजान्छ । सामाजिक हुन मन लाग्छ । सेवा र सहयोगमा मन लाग्छ । खुसी र सुखी महशुस गराउँछ । कुनै विद्धानले भनेका छन्, “हामीले आप्mनो भागमा थोरै खाना पायौं भने झनै खुसी हुनु पर्दछ ।” किनभने यो खाना शरीरका लागि उपयुक्त हुन्छ, ठिक्क हुन्छ र स्वस्थकर हुन्छ ।
सकेसम्म खाना आफुले नै श्रम गरेर कमाएको पैसाले किनेको या उत्पादन गरेको हुनुपर्छ । अरुले दिएको या सित्तैमा पाएको या जबरजस्ती ल्याएको पैसाले किनेको खानेकुरा नखानु उत्तम हो । यस्तो गरेर कमाएको धन या अन्नले सोच पनि नराम्रो बनाउँछ । यसले शरीर पनि भोगी र रोगी बनाउँछ भने काम पनि गलत गर्न मन लाग्छ । उदरहण हेर्ने हो भने महाभारत कथामा जब पाँच पाण्डवकी पत्नी द्रौपदीलाई निवस्त्र गरिदै थियो त्यती बेलामा त्यहाँ रहेका गुरु र विद्धान कसैले पनि उनको सहयोग गर्न सकेनन् । कारण थियो दुर्येधनको खाना अथवा खराव सोच भएकाले दिएको खाना र आश्रय । उनीहरुको बुद्धि पनि उल्टो भएको थियो । यो कुराको पुष्टि मृत्युसैयामा रहेका भिष्म पितामहले द्रौपदीको प्रश्नमा गरेका थिए ।
जीवन भनेकै हामीले खाने खाना हो, पिउने पानी हो र लिने सास हो । खुसी पनि खानामै लुकेको छ । हामी खुसी खोज्न टाढा टाढा जान्छौं । घुम्न निस्किन्छौं । खुसी र सुखाा लागि भन्दै धेरै पैसा खर्च गछौं । ठूलाठूला होटलमा खाना खान्छौं, धेरै पैसा तिर्छौ र आफु आनन्दित भएको महशुस गछौं । तर, तपाई खाना जे भेटे पनि र जस्तो भए पनि सचेत र त्रिप्ती मानेर खानुहुन्छ, कृतज्ञ भएर उठनु हुन्छ भने खाना जस्तो खाए पनि आनन्द र खुसी महशुस हुन्छ । यदि तपाईले राजसी खाना खानुभयो तर आफु त्रिप्त भएको महशुस गरिएन भने खाना जस्तै स्वादिलो खाए पनि मन खुसी हँुदैन । जहाँ मन खुसी हुदैन, न त्रिप्ती महशुस हन्छ न आनन्द नै । मनले अझै त्रिप्ती खोजीरहेको हुन्छ । यसै क्रममा हामी अनावश्यक खाना खान्छौं र रोगका सिकार बन्छौं । त्यसैले खाना आप्mनो भागमा जे आए पनि खुसी मानेर खानुपर्छ । त्रिप्ती भएको मान्नुपर्छ र कृतज्ञ हुनु पर्दछ ।
हामी खानालाई मिठो नमिठो भनेर अपमान गछौं । यो हाम्रो अज्ञानता हो । आफु नजिक आउँदै गरेको खुसी र सुखबाट बञ्चित हुनु हो । खाना हाम्रो जीवन भएकाले सन्तुष्ट भएर खानुपर्छ, पाकउने(भान्से)लाई धन्यवाद दिनु पर्छ र खान पाएकामा कृतज्ञ हुनु पर्दछ । भान्सेले पनि खाना पकाउदा सकेसम्म खुसी भएर, तनाव त्यागेर पुण्य काम गर्दै छु भन्ने ठानेर पकाउनु र पस्किनु पर्छ । यदि खाने मान्छेलाई रिस उठेको छ, धेरै तनावमा छ भने तुरुन्तै खाना खानु विष सेवन गरे सरह मानिन्छ । केहि समयपछि शान्त भएर खाना खानु राम्रो हो ।
खानामा सबैभन्दा पूर्ण आहार हो दाल, भात र तरकारी । दालमा प्रोटिन, भातमा कार्बोहाइड्रेट र तरकारीमा भिटामिन अनि मिनरल हुन्छ । साथमा केही दुध या दही अथवा घिउ भए प्mयाट पनि हुन्छ र सन्तुलित आहार बन्दछ । सबै भन्दा कम खर्चमा खान सकिने सन्तुलित आहार भनेकै दाल भात तरकारी हो । खाना खान बस्दा विधातालाई सक्झेर थोरै अपर्ण गरेर खाने र खाएर उठने बेलामा खान खान पाएकोप्रति कृतज्ञ हुनु पर्दछ । यसले तपाईमा पूर्ण सन्तुस्टि प्राप्त हुन्छ र तपाई स्वस्थ रहनु हुनेछ । संसारमा धेरै मानिसले दुइछाक खान नपाइरहेको अवस्थामा पेटभरी खाना खान पाउनुलाई भाग्यमानी सम्झिनु पर्ने होइन र ?
विशेष गरेर खानालाई दुई प्रकारमा बाडिएको छ, एउटा मासंहारी खाना अर्को शाकाहारी । सामान्यतया के मान्यता छ भने मंसहारी भोजन स्वास्थ्यका लागि, निरोगी रहन र प्रोटिन भिटामिन सबै भएको उपयुक्त खाना हो । तर साकाहारी भोजन स्वास्थ्य शरीराका लागि उत्तिकै राम्रो भन्दा अझै राम्रो अध्यायनले देखाएको छ । विशेष गरेर प्रोटिन र भिटामीन बी१२ र डी३ मांसहार भोजनमा धेरै पाइने बताइए पनि साकाहारी भोजनमा पनि प्रसस्त पाइन्छ । पछिल्लो अध्यायनो आधारमा कोदो, फापर, भटमास र यसको मसेउरा, सजिउन, कुरिलो, च्याउ, गुन्द्रुक, उमारेका गेडागुडीमा प्रसस्ता प्रोटिन भिटामिन, क्याल्सियम आदि पाइन्छ । त्यसमा पनि सोयाबिनबाट बनेको मसेउरा मासुमा भन्दा पनि धेरै प्रोटिन पाइने खाध्य बस्तु अनि कोलेस्ट्रोल र अनावश्यक चिल्लो नपाइने सुपर फुड हो । यसलाई साकाहारीले प्रोटिन र फाइबरको उच्च स्रोतको रुपमा सेवन गर्न सकिन्छ । यसमा मासुमा जस्तो अनावश्यक रोग उत्पन्न गराउने तत्वहरु नगण्य रहने भएकाले महिलाहरुमा हुने प्रजाजन समस्या र पिसिओडी पनि कम हुँने देखाएको छ । यसलाई पकाउनु अघि आधा घण्टासम्म तातो पानीमा भिजाउने अनि १० मिनेटजती मधुरो आगोमा पकाएर खाएमा प्रसस्त प्रोटिन र भिटामिन पाइने कुरा डा ओममुर्ती अनिलको अनुसन्धानले देखाएको छ । यसमा शरीरलाई चाहिने धेरैकुरा उपलब्ध छ ।
जसरी कोदो या फपरको पिठोको परिकार बनाउनु अघि पानीमा भिजाइन्छ र पकाइन्छ जसले सहजै पच्न योग्य बनाउछ त्यसरी नै दाल या गेडागुडी पनि भिजाएर अझ उमारेर काचै या पाएर खानु उचित हुन्छ ।
आलुमा भएको खरब तत्त्वलाई हटाउन आलु काटेर केहिबेर पानीमा डुबायो भने खराब तत्त्व बाहिर निस्किन्छ । त्यसपछि पकाएर खानु राम्रो हो । आलुलाई उसिनेर खादा सबैभन्दा धेरै पोषण पाइन्छ भने तेलम रङ फेरिने गरि फ्राई गरेमा फाइदा भन्दा बेफाइदा धेरै हुन्छ । त्यसैले आलुको सब्जी खादा केहिबेर पानीमा डुबाएर हलुका पकाएर धेरै नभुटी खानु स्वस्थकर हुन्छ । यसरी नै एक पटक परिकार पकाएको तेलमा पुनः कुनै परिकार पकाउनु हुँदैन यो धेरै हानीकारक हुन्छ ।
हामी आप्mनो सम्पत्ती सुरक्षित राख्न अनेक उपाय अपनाउँछौ । गाडीघोडामा सकेसम्म शुद्ध इन्धन हाल्छौं । बाटोमा गुडाउँदा पनि माया गरेर सुरक्षित चलाउँछौ । कतै बिसाउदा पनि सुरक्षित राख्छौं । घरमा भएका सामानको पनि सफाई र रेखदेख गर्छाै । तर, हामी आप्mनो इन्जिनलाई भने जे पनि र जसरी पनि चलाउने प्रयत्न गर्छौं । हामीले खाने खाना हाम्रो इन्धन हो । इन्धन राम्रो नलगाएमा गाडी(शरीर) राम्रोसँग गुड्न सक्तैन या चाडै बिग्रिन्छ । हामीले अनावश्यक खाएको खानपानले हाम्रो इन्जिन राम्रो रहन्छ भनेर भन्ने कुराको के ग्यारेन्टि छ ? हामीले जस्तो खान्छौ त्यस्तै इन्जिनले काम गर्ने हो । जस्तो खाना खान्छौं मस्तिष्कले त्यस्तै सन्देश दिने हो । सोच त्यस्तै राख्ने हो । सफा, शुद्ध र शरीरले सजिलै पचाउँन सक्ने खानेकुरा खाएमा हामीमा रहेको इन्जिन सजिलै मर्मत हुन्छ र लामो समय अथवा उमेर ढल्किने बेलासम्ममा पनि हामी स्वस्थ र तन्दुरुस्त रहन सक्छौंं । यदि हामीले जिब्राको स्वादकालागि जे र जस्तो पनि खाना खायौं भने हामी चाडै रोगका सिकार हुन्छौं ।
खाना दिनमा २ पटक खानु राम्रो हो । अझ साधु सन्तले त एक पटक मात्र खान्छन् । भनिएको छ, खाना थोरै खाए बल धेरै खाए मल । त्यस्तै एक पटक खान खाने योगी, २ पटक खाना खाने भोगी र ३ पट खाना खाने मानिस रोगी हुन्छन् । भनाई सबै सत्य नभए पनि खाना शरीरको आवश्यता र काम अनुसार सेवन गर्नुपर्छ ।
हामीले सकेसम्म बजारमा पाइने अथवा प्रोसेसिङ गरेर तयार गरिएका खानेकुरा कमै खानुपर्छ । आजकल हामी विहानको खाजा भनेर पाउरोटी, चिया, विस्कुट, ओट्स, चाउचाउ, चाउमिन आदि खान्छौ । तर यस्ता खानेकुरामा मैदा, चिनी र अन्य केमिकल मिसाएर आर्कषक बनाइएका हुन्छन् । विभिन्न हानिकारक कलर लगाइएका हुन्छन् । यस्ता खानेकुराले, अनावश्यक वजन वढने, मधुमेह, उच्च रक्तचापलगायतका समस्या देखापर्ने हुँदा दैकिकजसो सेवन नगरेको राम्रो । कोक फेन्टाजस्ता पेय पदार्थले पनि शरीरलाई हानी गर्छन । प्याक गरेर राखिएका जुस धेरै हानिकारक हुन्छन् । यी भन्दा धेरै राम्रो हो मोही, नरिवल पानी, उखुको रस, मौषमि जुस । खानामा या खाजामा कोदो फपरको खाले या रोटी, मकैको परिकार राम्रो हुन्छ ।
आजकल त कोदोको बिस्कुटलगायतका खानेकुरा बजारमा आएका छन् । यिनीहरु केहि राम्रा हुन्छन् अन्य भन्दा । यसरी नै दुध चिया स्वास्थ्यका लागि राम्रो मानिदैन । यसले पाचन समस्या ल्याउँछ त्यसैले कालो चिया, ग्रिन टि पिउनु राम्रो हुन्छ ।(लेखक, दमकका पूराना होमियो चिकित्सक हुन् । )