झापा,७ कार्तिक । जिल्लामा शान्तिसुरक्षा मजवुत बनाउन उद्देश्यले झापामा चाडपर्व, ¥याली र मूर्ति विसर्जनमा चर्को आवाजको डीजे बजाउन पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना जारी गरी सूचनाको अवज्ञा गरी डीजे बजाएको पाइएमा आयोजक वा सहभागीलाई मात्र नभई डीजे उपलब्ध गराउने (भाडामा दिने) व्यक्ति, साउन्ड सिस्टम व्यवसायी र सो ढुवानी गर्ने सवारी साधन धनीलाई समेत प्रचलित कानून बमोजिम कारवाही गरिने जनाएको छ ।
मूर्ति विसर्जन वा शोभायात्राको क्रममा तोकिएको रुट र समयको पूर्ण पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाएका छन् । उनले भने, –‘ विभिन्न धर्मावलम्बीका धार्मिक स्थल (मन्दिर, मस्जिद, मदरसा, मन्दिर, चर्च, गुम्बा आदि) अगाडि वा यस्ता क्षेत्रमा नियोजित रूपमा जुलुस रोक्ने, होहल्ला तथा उत्तेजक प्रदर्शन गर्ने, रङ लगायत अन्य विभिन्न सामाग्रीहरु फ्याँक्ने जस्ता सद्भाव बिथोल्ने गतिविधि नगर्न ,नगराउन अनुरोध छ ।’
प्रजिअ पोख्रेलले विभिन्न गतिविधिमा नकालिने जुलुस वा विसर्जन कार्यमा मादक पदार्थ सेवन गरी सहभागी नहुने, सामाजिक सञ्जालमार्फत भ्रामक एवं साम्प्रदायिक सन्देश नफैलाउन निर्देशन दिइएको उल्लेख छ ।