देउवा कांग्रेसको दमकमा वडा अधिबेशन सकियो

दमक ,२१ असोज । नेपाली कांग्रेस संस्थापन इतर पक्षले दमकका १० वटै वडामा वडा अधिबेशन सम्पन्न गरेको छ । १५ औं नियमित महाधिबेशनको निर्वाचन कार्यक्रम अन्तर्गत दमकका १० वटै वडामा अधिबेशन सम्पन्न नेतृत्व चयन गरिएको छ । दमकमा असोज १५ देखि वडा तहमा नियमित अधिबेशन थालिएको पार्टीका दमक नगर संयोजक सुनिल हाताछुले जनाएका छन् ।
जसअनुसार दमक -१ को सभापतिमा पासाङ तामाङ, दमक -२ को सभापतिमा दिप मगर,दमक -३ को वडासभापतिमा केदारसिंह अधिकारी,दमक- ४ को सभापतिमा भिमराज कार्की,दमक -५ को सभापतिमा रिद्दिबहादुर खड्का,दमक- ६ को वडासभापतिमा नारायणप्रसाद भटटराई, दमक -७ वडासभापतिमा राजेश रणपहेली,दमक- ८ काृ वडासभापतिमा राजन राई ,दमक- ९ को सभापतिमा साजन राई र दमक- १० को वडासभापतिमा यामबहादुर विष्ट चुनिएका छन् ।

हाताछुका अनुसार वडा सकिए लगत्तै भोलि विहिबार दमक नगर अधिबेशनको तयारी गरिएको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा हुन लागेको नगर अधिबेशनको सवै तयारी पूरा भएको संयोजक हाताछुले बताए । झापाका ५ वटै निर्वाचन क्षेत्रका वडातहमा अहिले धमाधम वडा अधिबेशन भईरहेको पार्टीका युवा नेता राजकुमार न्यौपाने बताए । दमक नगर अधिबेशन सकिए लगत्तै शुक्रवार कमल गाउँसमितिको पालिका अधिबेशन तय गरिएको नेता न्यौपानेले बताए ।

वडा अधिबेशनमा कांग्रेस नेतृ तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, घनेन्द्रराज सुव्वा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।यता गगन थापा नेतृत्वको कांग्रेसको महाधिबेशन पछि कतिपय पराजित तथा पार्टी नेता ,कार्यकर्ताहरु देउवा नेतृत्वको कांग्रेसमा जान थालेको पाईएको छ ।

Leave a Reply

Your email address will not be published.