दुर्गा पूजासहित मेलालाई व्यवस्थित बनाउन छलफल

दमक,१९ असोज । नजिकिएको टिका मेलासहित दुर्गा पूजालाई व्यवस्थित बनाउन उद्देश्यले झापाको कमल गाउँपालिका वडा नम्बर ५, आइतबारेमा सरोकारवालाहरुवीच छलफल गरिएको छ ।
नवदुर्गा मन्दिर प्रांगणमा प्रत्येक वर्ष विजयादशमीको अवसरमा आयोजना हुने ऐतिहासिक टीका मेलालाई चुस्त, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गरिएको हो । छलफलमा बडादसैँका दिन मन्दिरमा गरिने दुर्गा पूजाको धार्मिक विधि र परम्परागत टीका मेलाको ब्यवस्थापनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नेबारे सहभागिहरुवीच विचार–विमर्श गरिएको थियो।
मेलामा आउने श्रद्धालु भक्तजनहरूको सहजता तथा समग्र शान्ति–सुरक्षालाई ध्यानमा राख्दै सर्वपक्षीय छलफलबाट एक टीका मेला व्यवस्थापन समिति गठन गरिएको छ । मेलालाई विगतभन्दा अझ बढी मर्यादित, भब्य र ब्यवस्थित रूपमा सम्पन्न गराउनका लागि विभिन्न टोली बनाएर तयारी तीव्र पारिएको नवदुर्गा मन्दिर सञ्चालन समितिका अध्यक्ष डिल्लीराम उप्रेतीले दिए ।

 

Leave a Reply

Your email address will not be published.