हम्सेदुम्से सामुदायिक बनको निर्वाचन शुरु, १२६ जना परिषद सदस्य छनौट

दमक,२ भदौं । यहाँस्थित हम्सेदुम्से सामुदायिक बन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन गर्नका लागि परिषद सदस्य निर्वाचन सम्पन्न भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत पहिलो चरणमा व्लक मार्फत छनौट हुने परिषद सदस्यहरुको निर्वाचन सकिएको गठित निर्वाचन समितिले जनाएको छ । निर्वाचन सम्पन्न गर्न नेपाल रेडक्रस सोसाईटी दमक पालिका शाखाको संयोजकत्वमा ७ सदस्यीय एक निर्वाचन समिति गठन गरिएको थियो ।

रेडक्रस दमक शाखाकी सभापति समेत रहेकी निर्वाचन समितिकी संयोजक गोमा बुढाथोकीका अनुसार वनको परिषद सदस्यका लागि व्लक निर्वाचनबाट १२६ जना परिषद सदस्यहरु छनौट भएका छन् । उनले भनिन्, –‘निर्वाचन समितिले वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गराउन विधान अनुसार निर्वाचन प्रकृया गरिरहेको र अव परिषद सदस्यहरुमार्फत छिट्टै नै कार्यसमिति चुन्ने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने छौं । ’ परिषद सदस्य छनौट पछि अव नयाँ कार्यसमिति चयनका लागि थप निर्वाचन कार्यक्रम अघि बढाउन उपभोक्ता तथा सरोकार पक्षहरुसंग छलफल भईरहेको निर्वाचन समितिकी संयोजक बुढाथोकी प्रसाईले बताईन् ।

दमकको एकमात्र उक्त बन समूह वडातहमा ७ व्लक कायम गरिएका छन् । कककपरिषद सदस्य निर्वाचनमा ब्लक नं. ५ र ७ को भने सर्वसम्मत चयन भएपनि बाकी १, २, ३, ४ र ६ व्लकको भने निर्वाचन भएको थियो । परिषद सदस्यको निर्वाचनमा ३ नम्बर व्लकबाट उम्मेदवार वनेका वनका वर्तमान उपाध्यक्ष पदम निङलेखु लिम्बू पराजित भएका छन् । उनी अध्यक्षका दावेदार थिए ।

२१ सदस्यीय कार्यसमिति चयन हुने सो निर्वाचनमा परिषद सदस्यहरु मतदाता रहने व्यवस्था छ । परिषद सदस्यहरुनै उम्मेदवार बन्न पाउने बनको कार्यकाल तीन वर्ष रहने छ । दमकको उत्तरी क्षेत्र दमक २ र ३ मा पर्ने उक्त वनमा दमकको वडान ४ हजार ३ सय २० धरधुरी आवद्ध छन् । सदस्यहरु मध्ये निर्वाचनमा भने १०७३ ले मात्र नविकरण गराएका थिए । तर,निर्वाचनमा ६२५ मत खसेको थियो ।

बार्षिक ६५ लाख आम्दानी गर्देआएको सो बनको नेतृत्वमा नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा, राप्रपा ,रास्वपालगायतका दलले प्रतिनिधि छनौटदेखि कार्यसमितिको निर्वाचनसम्म दलीय सहकार्य गरि निर्वाचनमा होमिएका छन् ।

Leave a Reply

Your email address will not be published.