दमक ,१० साउन । दमक- ६ स्थित फर्निचर लाइनमा मुख्य कार्यालय रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाले आइतवार यहाँ आयोजना गरेको खुल्ला रक्तदानमा ३५ पिन्ट रगत संकलन भएको छ ।
संस्थाले आफनो १८ औ स्थापना दिवसको अवसर पारेर आयोजना गरेको रक्तदानमा ११ महिलासहित ३५ जनाले रगतदान गरेको संस्थाका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा संस्थाका अध्यक्ष विरेन्द्रकुमार पोख्रेल, उपाध्यक्ष बालकृष्ण श्रेष्ठ,व्यवस्थापक सोमनाथ दाहाल ,लेखा संयोजक सुरेन्द्र कटुवाल लगायतकाले रगतदान गरेका थिए ।
संस्थाकी पूर्व अध्यक्ष चन्द्रकला भट्टराईको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा सहभागिहरुलाई मायाको चिनो स्वरुप छाता वितरण गरिएको सञ्चालक समितिका सदस्य जितु धिमालले बताए ।
उनका अनुसार संस्थाले बार्षिक स्थापना दिवसका अवसरमा बर्षेनी रक्तदानसहित विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुरयाँउदै आएको छ । बार्षिकोत्सव विशेष सो कार्यक्रममा प्रमुख अतिथि भट्टराईसहित नेपाल रेडक्रस सोसाईटी दमक पालिका शाखाकी संयोजक गोमा बुढाथोकीलगायतले सहकारीका क्षेत्रमा उद्यम शाकोसले पुरयाँउदै आएको भूमिका माथि चर्चा गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी दमक शाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग तथा संस्थाको आफनै कार्यालय परिषरमा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रवद्र्धक सिद्धार्थ दाहाल, सामाजिक अगुवा गणेश गौतम लगायतका सहकारीका सञ्चालकहरु, शेयर सदस्यहरु, कर्मचारीहरु उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव दिपा अधिकारीले गरेकी थिइन् ।
