दमक ,११ साउन । दमक बहुमुखी क्याम्पसले आज आयोजना गरेको रक्तदानमा ६२ पिन्ट रगत संकलन भएको छ । क्याम्पस परिषरमा आयोजित रक्तदानमा क्याम्पसका अध्यापकहरु, कर्मचारीहरु, विद्यार्थीहरु गरि ६२ जनाले रगतदान गरेका क्याम्पस प्रमुख यज्ञराज गिरी (राम) ले बताएका छन् । उनका अनुसार अस्पतालमा उपचारत विरामीहरुलाई रगतको अभाव हुन नदिन क्याम्पसले खुला रगतदान कार्यक्रम गरिएको हो ।
क्याम्पसले आफनो बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहभागिहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको क्याम्पस प्रशासन प्रमुख पदम घिमिरेले बताएका छन् ।
भोलि इसाई समाजको रक्तदान
दमक इसाई समाजले भोलि १२ साउनमा यहाँ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । स्थानीय गणतन्त्र चौंकमा हुने रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समाजका पूर्व अध्यक्ष आकाश थुलुङले जानकारी दिए ।
दमकका इसाई धर्मावलम्बीहरुको एकमात्र सामाजिक उक्त संस्थाले बार्षिक कार्यक्रम अन्तर्गत दमकमा वृहत रक्तदान गरिआएको छ । दमकमा उक्त संस्था धेरै संख्यामा रगतदान गर्ने संस्थाका रुपमा सूचिकृत रहेको छ ।