घरायसी विवादबाट निम्तियो दुःखद रुप ,दमकका एक दलित दम्पत्तीको गयो ज्यान

दमक,६ साउन । घरायसी विवादले चर्को रूप लिँदा दमक -१ सिरपाली चौंकमा एक दलित दम्पतीको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ४२ बर्षिय धनबहादुर दर्जी र उनका ४२ बर्षिया श्रीमती विजयकुमारी दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घरायसी विवाद हुदाँ बुधबार दिउँसो करिब २ बजेतिर धनबहादुरले श्रीमती माथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार पछि उनले घरकै अर्को कोठाको सिलिङ पंखामा सलको पासो लगाएर झुन्डिएरका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार दम्पतीबीच घरायसी विषयमा विवाद भएपछि धनबहादुरले विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो । घटनापछि धनबहादुर घरकै अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए । बुवा झुन्डिरहेको छोरी प्रियंका दर्जीले देखेपछि पासो काटेर उनलाई तल झारेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै जनालाई उद्धार गरी उपचारका लागि दमक अस्पताल पु¥याएको भए पनि अपराह्न करिब ३ः३० बजेतिर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमका लागि दमक अस्पतालमै राखेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट पत्नीमाथि खुकुरी प्रहार गरी हत्या गरेपछि धनबहादुरले झुन्डिएर ज्यान दिएको खुलेको डीएसपी अवाले बताए। घटनाको विस्तृत कारण अनुसन्धानपछि खुल्ने उनको भनाई छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दम्पतीबीच विगतदेखि नै बारम्बार घरायसी झगडा हुने गरेको खुलेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.