कमलमा इसाई समाजको रक्तदान, ३७ पिन्ट रगत संकलन

दमक ,२५ जेठ । झापा, कमल गाउँपालिका इसाई समाजको आयोजनामा भएको रक्तदानमा ३७ पिन्ट रगत संकलन भएको छ । आइतबार केर्खास्थित ज्योति चर्च परिसरमा आयोजित रक्तदानमा ११ महिलासहित ३७ जनाले रगतदान गरेका इसाई समाजका सचिव पास्टर दीपक राईले बताए ।
समाजका अध्यक्ष पास्टर प्रताप विकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहभागि दाताहरुलाई प्रंशसापत्र प्रदान गरिएको थियो ।
रक्तदान कार्यक्रममा लुथरन सामुदायिक कल्याण समाज तथा सुसमाचारीय लुथरन मण्डली, रंगेली–२ मोरङले सहयोग गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी दमकले प्राविधिक सहयोग पुरयाँएका थिए ।
रगत अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published.