दमक ,२५ जेठ । नेपाली मौलिक संस्कृतिलाई जीवनपयोगी शिक्षाको रुपमा विकास गर्न विद्यालयस्तरबाट पठनपाठनको व्यवस्था गरिनु पर्ने दमकमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
सामाजिक सांस्कृतिक अध्ययन केन्द्र नेपालले शनिवार दमकमा आयोजना गरेको ‘मौलिक संस्कृतिको संरक्षणमा चुनौती’ बिषयक अन्तक्र्रिया कार्यक्रममा वोल्दै वक्ताहरुले नेपाली मौलिक कला ,संस्कृति देशकै सम्पत्ति भएकाले त्यसको संरक्षण र सम्बद्र्धन गर्न चुनौती देखिएको औल्याए ।
नेपाली मौलिक संस्कृति संरक्षण गर्न आजको टड्कारो आवश्यकता भएको भन्दै उनीहरुले आफना मौलिक कला, संस्कृति संरक्षणमा सबै लाग्न सके मात्र यसले देशकै मौलिकता झल्किने उल्लेख गरे ।
आयोजक संस्थाका उपाध्यक्ष एवं मदन आश्रित बहुमुखी क्याम्पसका पूूर्व क्याम्पस प्रमुख पुस्ता राईको अध्यक्षतामा भएको अन्तरकृयामा संस्थाका अध्यक्ष मच्छिन्द्र याक्खाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि दमक प्रज्ञाप्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारीले समीक्षा गरेका थिए । कार्यक्रममा प्राज्ञिक व्यक्तित्वहरू सुमित्रा वाङदेल चेली, प्राध्यापकहरु जीवन कुमार गुरूङ, भीमा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरि, साहित्य कला संगम दमकका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विश्व बौद्ध परिषद नेपाल शाखाका उपाध्यक्ष रूकम गुरूङ, दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य एवं किरात याक्थुङ चुम्लुङका पूर्व उपाध्यक्ष धिरेन सुब्बा लावती लगायत अन्य प्राज्ञिक एवं बौद्धिक व्यक्तिहरूका सहभागिता रहेको थियो ।
कार्यक्रममा बिभिन्न जातीय संघसंस्था र सामाजिक संघसंस्थाका पदाधिकारीहरू, सदस्यहरूका सहभागिता रहेको थियो ।