पूर्वाञ्चल मन्टेश्वरीमा निर्वाचन, क्याप्टेन र भाईस क्याप्टेन चयन

दमक,१२ जेठ । दमक- ८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कुलले विद्यालय क्याप्टेन तथा भाइस क्याप्टेन छान्नका लागि निर्वाचन विधिमार्फत नेतृत्व चयन गरेको छ ।अघिल्ला वर्ष भन्दा फरकसंगै व्यवहारिक ज्ञान दिन कक्षा १ देखि ८ सम्म का अध्ययनरत विद्यार्थीहरुवीच क्याप्टेनका लागि निर्वाचन गरिएको थियो ।
सोमबार विद्यालयमा आयोजित क्याप्टेन पदमा भारी मतका साथ आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै श्रीमद् गोस्वामी विजयी भए । त्यस्तै, सहायक क्याप्टेन पदमा विनिशा अधिकारी विजयी भईन् ।
दुई पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्तामाथि निर्वाचन कार्यतालिका अनुसार दावीविरोध लगायतका निर्वाचन कार्यक्रम पूरा गरेका थिए । विद्यार्थीहरुले लाईनमा बसेर आफूलाई मनपर्ने उम्मेदवारको चुनाव चिन्हमा (स्वस्तीक छाप) मतदान गरेका थिए । त्यसक्रममा स्वमसेवकहरुले मतदाताहरुलाई निष्पक्ष रुपमा मतदानका प्रकृयाका विषयमा सहयोग पुरयाँएका थिए ।

विद्यालयकी संयोजक शिक्षक जानुका कार्कीको संयोजकत्वमा सम्पन्न उक्त निर्वाचनमा मतदान अधिकृतको रुपमा स्कूलकी ८ कक्षाकी लक्ष्मी कालिकोटे र सहायक निर्वाचन अधिकृतका रुपमा श्रीजिता गोस्वामीले जिम्मेवारी निर्वाह गरेका विद्यालयका फाउन्डर माधव भट्टराईले जानकारी दिए ।
निर्वाचनमा विजयी क्याप्टेन तथा भाइस क्याप्टेन विद्यार्थीलाई विद्यालयकी प्रिन्सिपल सविता पोख्रेल भट्टराईले टिका तथा खदा लगाई सम्मान गरिन् । कार्यक्रममा विद्यालयका फाउण्डर भट्टराईले शैक्षिक गुणस्तर मजवुत बनाउन विद्यालय पूर्ण रुपमा प्रतिवद्ध भएको जोड दिए ।

विद्यालयले पठनपाठनसंगै अतिरिक्त क्रियाकलापहरू निरन्तर गरिरहेको चर्चा गर्दै उनले विद्यार्थीको रुचि, ज्ञान र सीप अनुसार वढाई संगै नृत्य, गायन, बुद्धिचाल, तेक्वान्दोलगायतका कार्यक्रमहरु सञ्चालन गरिआएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.