पाँचथरमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

फिदीम,८ जेठ । पिकअप भेन दुर्घटना हुँदा पाँचथरको याङवरक गाउँपालिका–६ अर्चलेमा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा झापाको बाह्रदशी गाउँपालिका–५ निवासी ३५ वर्षीय गोपाल भट्टराईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार च्याङथापुबाट गोरु र बाछी लिएर फालेलुङतर्फ जाँदै गरेको प्र १–०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप अर्चले क्षेत्रमा रोकिएको थियो । सो क्रममा चालकसहित गाडी दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पिसाब गर्न गाडी रोकेका बेला न्यूट्रलमा रहेको पिकअप गुड्न थालेपछि चालक भट्टराईले ब्रेक लगाउने प्रयास गरेका थिए । त्यसक्रममा गाडी अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
गाडीमा रहेका अन्य दुई जना भने पिसाब गर्न बाहिर निस्किएका कारण सुरक्षित रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ

Leave a Reply

Your email address will not be published.