कमलमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

दमक, ३ जेठ । मोटरसाइकलको ठक्करबाट झापाको कमल गाउँपालिकामा एक जना वृद्ध पैदलयात्रीको मृत्यु भएको छ ।यसरी मृत्यु हुनेमा कमल -१ का ७० बर्षिय शंकर प्रसाद ढुंगाना रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार शनिवार साँझ ६.३० बजे कमल गाउँपालिका -१ इट्टाभट्टास्थित भित्री सडकखण्डमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलले पैदलयात्री बृद्धलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते ढुंगानालाई निम्स अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएकोमा उपचारकै क्रममा राति ११.४५ बजे उनको मृत्यु भएको हो ।
दुर्घटनामा सलंग्न मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ बर्षिय लुडो सन्थाल र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.