कमलमा मनाइयो विश्व रेडक्रस दिवस (फोटो फिचरसहित )

दमक ,२५ बैशाख । झापाको कमल गाउँपालिकामा शुक्रवार विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । रेडक्रस कमल पालिका शाखाले कमल -५ मंगलवारेस्थित आफनै सभाहलमा शुभकामना आदानप्रदानसहितका कार्यक्रम गरि विश्व रेडक्रस दिवस मनाईएको हो ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमख आतिथ्यता तथा रेडक्रस पालिका शाखाका सभापति चन्द्र साहको अध्यक्षतामा भएको सो कार्यक्रममा रेडक्रसका जग्गादाता मुक्ति कार्की, सल्लाहकार नित्यानन्द ताजपुरिया, रेडक्रसका पदाधिकारी , सदस्यहरु ,आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो ।
र्यक्रममा वक्ताहरुले मानवीय सेवामा समर्पित रेडक्रसको महान अभियानलाई सार्थकता बनाउन सवै लाग्नु पर्ने जोड दिएका थिए ।
सो अवसरमा प्रमुख अतिथि अध्यक्ष राईसहितका अतिथिहरुले रेडक्रसका जन्मदाता जाँ हेनरी ड्यूनाको प्रतिमामा फूलगुच्छासहित माल्यापर्ण गरेका थिए ।रेडक्रस कमल शाखाका कोषाध्यक्ष प्रमोद दाहालले स्वागत मन्तव्य राखेका सो कार्यक्रमको सञ्चालन सचिव पारषमणि राईले गरेका थिए ।

आँखा शिविरसहित साधारणसभाको तयारी पूरा

रेडक्रस कमल पालिका शाखाको यहि बैशाख २८ गते हुन गईरहेको निशुल्क आँखा शिविरसहितको बार्षिक साधारणसभाको तयारी पूरा भएको छ ।आफनै सभाहलमा हुने साधारणसभासहित निशुल्क आँखा शिविरको सवै तयारी पूरा भएको सभापति चन्द्र साहले जनाएका छन् । उनका अनुसार मेची आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा हुने शिविरमा निःशुल्क आँखा परीक्षण, परामर्श तथा मोतियाविन्दुको उपचार समेत निशुल्क गरिने व्यवस्था छ । रेडक्रसको बार्षिक कार्यक्रम अन्तर्गत सो शिविरमा यस क्षेत्रका आँखाका रोगीहरु लाभान्दित हुने उनको भनाई छ ।

रेडक्रसका सदस्य दिलु गुरुङका अनुसार साधारणसभामा सभापतिसहित सचिवको सांगठानिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथैं बार्षिक कार्ययोजना समेत छलफल गरि पारित हुने छ । पालिका शाखा भएपछि हुन लागेको यो पहिलो बार्षिक साधारणसभा भव्य रुपले सम्पन्न गर्न आधा दर्जन विभिन्न उपसमितिहरु गठन गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.