मारवाडी युवा मञ्चद्धारा दमक प्रहरीलाई एसी

दमक,१७ बैशाख । यहाँस्थित मारवाडी युवा मञ्चले इलाका प्रहरी कार्यालय दमकलाई एक थान एसी प्रदान गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मञ्चले उक्त सामग्री प्रदान गरिएको हो । बुधबार मञ्चको एक टोली कार्यालयमै पुगेर सो सामाग्री हस्तान्तरण थियो । यसले यस समुदाय र सुरक्षा निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको मञ्चका पूर्व अध्यक्ष दिने अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published.