दमक,१६ बैशाख । राष्ट्रिय सभामा कांग्रेसका तर्फबाट दलको नेता रहेका कृष्णप्रसाद सिटौला हटाइएका छन् । कांग्रेसको विशेष महाधिवेशन र त्यसआसपासमा गगन थापाको खुलेर बिरोध गरेका सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेतामा मनोनित गरिएको छ । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् ।
कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ । सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् । पन्त भने गगन थापा समूहकी हुन् । उनी विशेष महाधिवेशनको पक्षमा समेत खुलेकी थिइन् । सिटौलालाई दलको नेताबाट हटाइएकोमा कांग्रेसको संस्थापन इतर समूहका नेताहरुले भने असन्तुष्टी जनाएका छन् ।