द एभरेष्ट शाकोसको रक्तदान, ५१ पिन्ट रगत संकलन

दमक,१२ बैशाख । दमक ५ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले बुधबार दमकमा आयोजना गरेको रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।

सहकारीको आफनै कार्यालयमा आयोजित खुला रक्तदानमा १७ महिलासहित ५१ जनाले रगतदान गरेको संस्थाका प्रशासन प्रमुख धर्मानन्द भट्टराईले जानकारी दिए ।
संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत आफनो १५ औं बार्षिकोत्सवका अवसरमा ‘रक्तदान जीवनदान ’ भन्ने नाराका साथ रक्तदान गरिएको उनले बताए ।
नेपाल रेडक्रस सोसाईटी दमक शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक, शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सोहि अवसरमा संस्थाले अन्तर सेवा केन्द्र वीच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । सेवा केन्द्रका वजार प्रतिनिधिहरुवीच सहभागिता रहेको सो

प्रतियोगितामा दमक पहिलो,दोश्रो सुरुङगा र तेश्रो बुधबारे सेवा केन्द्र र उर्लावारी र विर्तामोड सेवा केन्द्रले सान्तवना प्राप्त गरेका थिए । उनीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो । सहकारीको दमकसहित विर्तामोड, बुद्धशान्ति, सुरुङा, मोरङको उर्लावारी सेवा केन्द्र सञ्चालनमा छ ।

रक्तदान कार्यक्रममा सहकारीका अध्यक्ष दिपक खरेल,कोषाध्यक्ष यामजी श्रेष्ठ,सदस्य सुवास गड्तौला, व्यवस्थापक युवराज सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
व्यवस्थापक सिग्देलका अनुसार संस्थामा हालसम्म कुल ४ करोड ४८ लाख २७ हजार ७ सय शेयर पूंजी ,३४ करोड १ लाख ६३ हजार ४३१ रुपैया ऋण लगानी,४५ करोड ९२ लाख ८ हजार ४ सय ३३ रुपैया कुल सम्पत्ति, कोषहरुमा ५ करोड ७ लाख १७ हजार ५८६ , निक्षेपमा २८ करोड ३८ लाख ३८ हजार ५ सय १९ रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published.