दमकमा राष्ट्रिय बहुमुखी सहकारीको रक्तदान,५४ पिन्ट रगत संकलन(फोटो फिचर )

दमक ,७ चैत । दमक –८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज दमकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको रक्तदानमा ११ महिलासहित ५४ जनाले रगतदान गरेका थिए ।

रक्तदानमा सामाजिक अगुवा तथा राजनीतिकर्मी रन्जित तामाङ, संस्थाका सञ्चालक समितिका सदस्य विष्णु सुब्बा,व्यवस्थापक प्रकाश राई, कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहाल, सहकारीका कर्मचारीहरु राजन केसी, चन्द्रबहादुर कन्दङवा, मिना राई, पत्रकारहरु अनिलदेव राई, मनकुमार गदाल, सुजन गौतम, शेयर सदस्यहरु मिलन राई, ओजाहाङ लिम्बू, मनु साम्पाङ,सुसन राई लगायतले रगतदान गरेका सचिव दिपेनवाला राईले बताए ।

संस्थाको बार्षिक कार्यक्रम यसवर्ष पनि खुला रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको हो । सामाजिक कार्यक्रम अन्र्तगत संस्थाले लामोसमयदेखि बार्षिक रुपमा रक्तदान गरिआएको अध्यक्ष लछुदास राईले बताए ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोग तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको रक्तदान उद्घाटनमा सामाजिक अगुवा गणेश गौतम, जितु धिमाल, सहकारीका लेखा संयोजक इन्द्रमान चाम्लिङ, सल्लाहकार लोकप्रसाद कन्दङवा, सुमित्रा वाङदेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले सामाजिक सेवाका क्षेत्रमा सहकारी लाग्नु पर्ने जोड दिए ।
२६ वर्ष अघि स्थापना भएको उक्त सहकारी संस्थाले इलामको चुलाचुली र मोरङको पथरीशनिश्चरेमा हालै मात्र सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published.