दमकका सबै वडामा एमालेको निर्वाचन परिचालन कमिटी

दमक,१८ माघ । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत दमकका १० वटै वडामा वडास्तरीय कार्यालय सञ्चालनमा ल्याएका छन् ।अब पार्टीका हरेक कार्यकर्ताहरु मतदाताका घर घर जाने र एमालेमा मतदान गर्न सम्झाउने एमालेले जनाएको छ ।

यसअघि नै एमालेले भेला समेत आयोजना गरेर मतदातालाई पार्टी अध्यक्ष एवं झापा- ५ का उम्मेदवार केपी शर्मा ओलीलाई मतदान गर्न प्रचार सुरु गरिसकेको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिए ।
दमक नगरपालिकाभित्र रहेका सबै वडामा निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि अघि बढाइने संयोजक दाहालले जानकारी दिए । सबै वडामा कार्यालय स्थापना गरि औपचारिक रूपमा सञ्चालन सुरु गरिएको उनले बताए ।

पार्टीका वडा कमिटी संयोजकसहित प्रत्येक वडा अन्तर्गत भूगोलमा रहने पार्टी केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश कमिटी पदाधिकारी तथा सदस्य, जिल्ला र नगर कमिटी समेतका पदाधिकारी तथा सदस्यहरू रहने गरी जिम्मेवारी तोकिएको छ ।

यसैगरी सम्बन्धित वडामा रहने जनसङ्गठनका सबै पदाधिकारी तथा सदस्यहरू, अगुवा पार्टीका कार्यकर्ता र विज्ञ समेत रहेर कार्यालयमा दैनिक योजना तर्जुमा गरिनेछ ।
कार्यालयमार्फत दैनिक पार्टीका कार्यक्रम घरदैलो वडा अन्तर्गत रहेका टोल कमिटीलाई समेत सहजीकरण गरिनेछ । यसअघि वडा स्तरमा कम्तीमा १५१ सदस्यीय र बढीमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ ।
वडामा स्थापना गरिएका कार्यालय अन्तर्गत योजना तर्जुमा तयार गर्ने, त्यस क्षेत्रमा हुने पार्टीका सम्पूर्ण गतिविधिको व्यवस्थापन हुने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published.