दमकमा नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरु सम्मानित

दमक,१७भदौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक र उर्लाबारी शाखाले शनिबार दमकमा अभिकर्ता सम्मानसहित एक दिने तालिम सञ्चालन गरेको छ ।
दमकस्थित कनकाई पार्टी प्यालेसमा शनिवार संयुक्त रुपमा आयोजना गरिएको सो कार्यक्रममा दुवै शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रोत्साहनस्वरुप सम्मान गर्नुका साथैं अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि अभिमुखीकरण तालिम समेत सञ्चालन गरिएको दमक शाखा प्रवन्धक सुमन थुलुङ राईले जानकारी दिए ।
उनीहरुलाई कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले सम्मान प्रदान गरेका थिए ।

शाखा प्रवन्धक सुमन थुलुङ राईका अनुसार सम्मानित हुनेहरुमा उर्लाबारी शाखाबाट नेशनल रत्नबाट नैनकला राई, बन्धु कुमार निरौला (प्रथम), व्यवसाय प्रवन्ध तृतीय), व्यवसाय प्रवन्धक सिता दाहाल (तृतिय), व्यवसाय प्रवन्धक रमेश श्रेष्ठ (चौथो) र व्यवसाय प्रबन्धक खेम आचार्य (पाँचौ) रहेका छन् ।
यस्तै, टिमसहित टप–५ मा पुरस्कृत तथा सम्मानित हुनेहरुमा वरिष्ठ व्यवसाय प्रबन्धक एलिसा आले (प्रथम), व्यवसाय प्रवन्धक भरत कडेल (द्धितिय), व्यवसाय प्रबन्धक मिलन ढुङ्गाना (तृतिय), व्यवसाय प्रबन्धक प्रकाश खनाल (चौथो) र व्यवसाय प्रबन्धक गीता थापा (पाँचौं) भएका छन् ।

यता, दमक शाखा मार्फत नेशनल रत्न अवार्डबाट टेककुमारी राई, डाक्टर धमेन्द्रकुमार शाह, कल्पना बोहोरा, पवित्रा लक्सम र शिशिर थेबेलाई सम्मानित गरिएको छ ।
दमक शाखा अन्तर्गत नेशनल स्ट्रारबाट सृजना खड्कासहित नेशनल सुपर स्टारबाट शंकर चौधरीलाई सम्मान गरिएको छ । व्यक्तिगत कोडमार्फत टप–५ मा मुख्य व्यवसाय प्रबन्धक शंकर चौधरी (प्रथम), ब्यवसाय प्रबन्धक केशब ढकाल (द्धितिय), व्यवसाय प्रबन्धक धनकुमार राई (तृतिय), व्यवसाय प्रबन्धक चुडामणी सेढाई (चौंथो) र व्यवसाय प्रबन्धक कल्पना बोहोरा (पाँचौं) सम्मानित भएका छन् ।
संजालसहित व्यवसायमा उत्कृष्ट हुने टप–५ लिडरहरु मुख्य व्यवसाय प्रबन्धक युवराज दंगाल (प्रथम), मुख्य व्यवसाय प्रबन्धक टीका खरेल (द्धितिय), मुख्य व्यवसाय प्रबन्धक गोपाल काफ्ले (तृतीय), मुख्य व्यवसाय प्रबन्धक नारायणप्रसाद खरेल (चौथो) र मुख्य व्यवसाय प्रबन्धक अर्जुन खालिङ राई (पाँचौं) लाई सम्मान गरिएको थियो ।
त्यस्तैं, सृजना खड्का, ब्यवसाय प्रबन्धक डाक्टर धमेन्द्र शाह, मुख्य व्यवसाय प्रबन्धक गोपाल काफ्ले र कल्पना बोहोरा भण्डारीलाई विभिन्न विषयगत क्षेत्रमा उत्कृष्ट व्यवसाय गरेको भन्दै पुरस्कृत गरिएको थियो ।

उर्लाबारी शाखा प्रमुख मोहन कडेलको अध्यक्षतामा र कोशी प्रदेश प्रमुख राईको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा पथरी शाखा प्रमुख रबीन्द्र लिङदम, विर्तामोड शाखा प्रमुख गंगाराम थापा, प्रशिक्षक वीपी रेग्मी, अभिकर्ता संघ दमक शाखाका अध्यक्ष नारायण प्रसाद भण्डारी लगायतको उपस्थिति थियो ।
समारोहमा दमक शाखाबाट मुख्य व्यवसाय प्रबन्धक युवराज दंगाल, उर्लाबारी शाखाबाट मुख्य व्यवसाय प्रबन्धक बन्धु कुमार निरौला, पथरी शाखा प्रमुख रबीन्द्र लिङदम, विर्तामोड शाखा प्रमुख गंगाराम थापा र कोशी प्रदेश प्रमुख राई लगायतले आ–आफ्ना विचारहरु रखेका थिए ।

विपद् राहत कोषमा नेशनल लाइफले दियो डेढ करोड रूपैयाँ

नेशनल लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड ५१ लाख रूपैयाँ सहयोग उपलब्ध गराएको छ । इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यो सहयोग राशी उपलब्ध गराएको हो ।
इन्स्योरेन्सको तर्फबाट सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई निजको कार्यकक्षमा सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेकी हुन् । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.