केर्खामा लिम्बूले मनाए चासोक तङनाम (फोटो फिचर)

कमल ,२७ मंसीर । किराँत लिम्बू समुदायले यसवर्ष पनि शनिवार चासोक तङनाम यले तङबे ५०८५ विभिन्न कार्यक्रम गरि मनाएका छन् ।किराँत याक्थुङ चुम्लुङ र याक्थुङ युवा मञ्च कमलको संयुक्त आयोजनामा अघिल्ला वर्षझै यसवर्ष पनि कमल -३ स्थित केर्खा खेल मैदानमा भव्य रुपले चासोक तङनाम मनाईएको हो ।

याक्थुङ मुन्धुम विद डा. कमल तिगेला खेवाहाङको प्रमुख आतिथ्यतामा भएको चासोक विशेष कार्यक्रममा लिम्बू समुदायले परम्परागत विधिअनुसार सावा येहाङ, तुम्याहाङ, युमासाम्मा लगायत प्रकृति पूजाको आराधना गर्दै चासोक (नयाँ अन्न) चढाउने परम्परालाई स्मरण गर्दै चासोक पर्व मनाउने थियो ।
डा. तिगेलाका अनुसार चासोक तङनाम कृषिसँग सम्बन्धित महत्वपूर्ण पर्व हो । जसमा नयाँ अन्न भित्र्याएको खुशीयाली स्वरूप प्रकृति, भूमि, पितृ तथा देवदेवीप्रति कृतज्ञता प्रकटमा रुपमा चासोक तङनाम मनाउने गरिन्छ ।
कार्यक्रममा लिम्बूको सांस्कृतिक नृत्य केलाङको प्रस्तुति रहेको थियो भने स्थानीय तथा राष्ट्रिय कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

चासोक मनाउन परम्परागत भेषभूषा, मौलिक गीतसंगीत तथा सांस्कृतिक झाँकीमार्फत कार्यक्रमस्थल साँझसम्म रंगिनुका साथैं गुन्जयामन बनेको थियो । यस पर्वले आफ्नो पहिचान र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न चासोक तङनामले थप बलियो बनाउने प्रमुुख अतिथि डा. तिगेलाले जोड दिए ।

चासोक विशेष औपचारिक कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, कमल १ का वडा अध्यक्ष केदार कटुवाल, याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङगो, केन्द्रिय सदस्य बसन्तराज योङहाङ लगायत कमल,दमक, गौरादह, शिवसताक्षी लगायतका पालिकाहरुबाट ठुलो संख्यामा अवलोकन गर्न आउनेको भिड लागेको थियो ।

Leave a Reply

Your email address will not be published.