दमक,१२ कार्तिक । दमक- ८ सरस्वती टोलस्थित अग्नी पीडित रविन खड्काको परिवारलाई सरस्वती टोल विकास संस्थासहित विभिन्न क्षेत्रबाट एक लाख बढी सहयोग दिएका छन् । टोल संस्थाको अगुवाई तथा स्थानीय सामाजिक संघ संस्था र ब्यक्तिवाट संकलित १लाख ४९ हजार ३सय २५ रुपैयाँ राहत स्वरुप सहयोग प्रदान गरिएको हो ।
दमक ८का वडा अध्यक्ष धर्म प्रसाद दाहाल (दिपेश ) को रोहबरमा सो राहत आज रकम प्रदान गरिएको सरस्वती टोल विकास संस्थाका अध्यक्ष चन्द्र खत्रीले बताए ।
गत कार्तिक९गते अपरान्ह ४वजेतिर विद्युत सर्ट भई खड्काको घरमा लागेको आगोले घर जलेर नष्ट भएको थियो । आर्थिक अवस्था कमजोर भएका खड्काको टाडे सेन्टर बेराको काठे घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
पीडित परिवारलाई राहत पुरयाँउन टोल संस्थावाट १लाख ४९हजार ३सय २५ रुपैया,सोही टोलको सरस्वती महिला बचत समूहले ३२ हजार , दमक उधोग वाणिज्य संघवाट सिरक ,डसना लगायतको सामाग्री र विभिन्न ब्यक्तिहरुले १७हजार रुपैयाँ सहयोग गरेको सरस्वती टोल विकासका सचिव राजन लुइटेलले जानकारी दिए ।हाल अमेरिकामा रहेका योजना भटराई उप्रेती,भगत उप्रेतीले १०हजार रुपैया प्रदान गरेका छन् । सिग्देल डिपाटमेन्ट स्टोर दमकबाट ५हजार वराबरको खाधान्न लगायतका सामाग्री दिएका छन् ।त्यसैगरि, पीडितलाई स्थानीय युवाहरु रमेश भट्टराईले २हजार,भुपेन्द्र कोइरालावाट २हजार,नेत्र खडका २हजार र ड्राबिन संग्रौलावाट १हजार सहयोग उपलव्ध गराएका थिए ।
राहत सामाग्री वितरण कार्यक्रममा सहभागी वडा अध्यक्ष दाहाल र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले अग्नी पीडित खड्काको परिवारलाई पुर्नस्थापित गराउन क्षेत्रवाट सहयोग जुटाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए। सहयोग हस्तान्तरणमा टोलवासीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।