झापा,४ असोज । नेकपा एमाले नेता महेश बस्नेतलगायतले काठमाडौका पत्रकार टेकमान शाक्यलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले शनिबार विज्ञप्ति जारी गरि समाचारको विषयलाई लिएर शाक्यलाई नेता बस्नेतले बारम्बार धम्की दिदै आएको घटनाको भत्र्सना गर्दे कारवाही गर्न माग गरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, –‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउंदछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा बस्नेत स्वयम् र उनका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको उल्लेख छ ।