रेडस्टार माविका विद्यार्थीहरूद्वारा आफ्ना बुबाहरूको सम्मान

पथरी शनिश्चरे , ७ भदौ । मोरङको पथरी शनिश्चरे -२ मा रहेको रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले बुबाको मुख हेर्ने दिवसको पूर्व सन्ध्यामा टोपी लगाई दिएर आ-आफ्ना बुबाहरूको सम्मान गरेका छन्।
शुक्रबार विद्यालयको नवनिर्मित सभाहलमा एक कार्यक्रमका बीच छात्र छात्राहरूले आ-आफ्ना बुबाहरूलाई टोपी ओढाएर सम्मान प्रकट गरेका हुन्।
पथरी शनिश्चरे -२ का वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख अतिथ्यता तथा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले आ-आफ्ना बुबाहरूलाई त्यस्तो सम्मान गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राईले विद्यालयले विगत केही वर्षदेखि निरन्तर रूपमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा अब्बल नतिजा हासिल गर्दै आएको र गुणस्तरीय शिक्षा प्रदान गरी देश विदेशमा पथरी शनिश्चरे नगरलाई नै परिचित तुल्याउन सफल भएको भन्दै प्रशंसा गरे।
विद्यालयका प्रिन्सिपल तथा निर्देशक तथा प्रिन्सिपल तिम्सिनाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्कारसहितको व्यवहारिक शिक्षा दिने विद्यालयको लक्ष्य र उद्देश्य रहेको बताए।
उक्त अवसरमा बालबालिकाहरूले गायन तथा कविता वाचन लगायतका विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए। भोईस अफ किड्स सिजन -४ का फाइनलिस्ट निश्चल लिम्बु, अवन्तिका बस्नेत , रिग्जन दर्नाल लगायतले आ-आफ्ना बाबाहरूमा समर्पित गीतहरू गाएर अभिभावकहरुलाई मन्त्र मुग्ध तुल्याएका थिए।

Leave a Reply

Your email address will not be published.