करेन्ट लागेर जेसीबी चालकको मृत्यु

फिदीम, ७ भदौं । करेन्ट लागेर पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ हेवाखोलामा रहेको माउन्टेन हाइड्रोपावरमा कार्यरत एक कर्मचारीको ज्यान गएको छ ।
हाइड्रोपावरको ग्राबेल ट्यापमा बेल्चाले बालुवा सफा गर्नेक्रममा अचानक करेन्ट लाग्दा ओखलढुंगा लिखु गाउँपालिका -६ घर भई सोही हाइड्रोपावरमा कार्यरत ३० वर्षीय जेसीबी चालक लोकेन्द्र बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको थियो ।
प्रहरी चौकी जोरपोखरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.