तेस्रो उद्योग वाणिज्य कपको उपाधि निर्माण व्यवसायीलाई

दमक,७ भदौ । यहाँ आयोजित तेस्रो उद्योग वाणिज्य कप -२०८२ को उपाधि निर्माण व्यवसायी संघले जितेको छ । दमक उद्योग वाणिज्य संघको ३५औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा शुक्रवार आयोजित अन्तरबस्तुगत फूटसल प्रतियोगिताको उपाधि खेलमा निर्माण व्यवसायी संघले आफना प्रतिष्पर्धी मोवाईल व्यवसायी संघलाई शून्यका विरुद्ध तीन गोल गरि जित हात पारेको हो ।

उपाधिसंगै निर्माण व्यवसायीले नगद रु ३३ हजार ३ सय ३३ रुपिया ,ट्रफि प्राप्त ग¥यो भने उपविजेता वनेको मोवाईल व्यवसायी संघले नगद २२ हजार दुई सय २२ रुपैयाँ र ट्रफिमा चित्त बुझायो ।
दमक- ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि निर्माण व्यवसायी संघका दिपेन थापाले पाए भने हाइस्कोररका रुपमा मोबाइल व्यवसायी संघका शरण राई र उत्कृष्ट खेलाडीको उपाधि विजेता टिमका लेलेन सुब्बा पुरस्कृत भए । प्रतियोगिताको अनुशासित टिमको उपाधि फर्निचर व्यवसायी संघले हात पारेको थियो । विद्यागत पुरस्कार वापत नगद तथा ट्रफि प्रदान गरिएको थियो ।

विजेता तथो उपविजेता खेलाडीहरुलाई संघका पूर्व अध्यक्ष विजयप्रसाद बराल, अध्यक्ष गोपाल गुराँगाई लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगितामा अन्तर वस्तुगत संघको १० वटा टिमको सहभागिता रहेको थियो ।
संघले अन्तर बस्तुगत व्यवसायी संघहरुविच भाइचारा सम्बन्ध कायम गरि ‘स्वस्थ्यका लागि खेलकुद’ भन्ने सन्देसका साथ बर्षेनी फूटसल प्रतियोगिताको आयोजना गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.