दमक,३ भदौं । दमकको सरकारी अस्पताल दमक अस्पतालमा मिगौला रोगीको उपचारका लागि डाइलोसिस सेवा विस्तार हुने भएको छ । डायलोसिस सेवा सञ्चालनका लागि संघीय सरकारले रु एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने दुई वटा उपकरण उपलव्ध गराएको अस्पतालले जनाएको छ ।
दमक नगरपालिकाकाले सञ्चालनमा ल्याएको सो अस्पतालमा बिशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएसंगै पछिल्लो समय विरामीहरुको उल्लेखीय चाप बढ्दै गएको छ । नगर उप प्रमुख रेगिना भट्टराईको पहलमा ती उपकरणहरु अस्पतालमा ल्याइएको बताईएको छ । अस्पतालले अव डाइलोसिस सेवा विस्तारका लागि आवश्यक प्रकृया अघि बढाउने अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेले बताए ।
मृगौलाका बिरामीहरुलाई डायलासिस सेवा लिनका लागि महंगोमा टाढा रहेका नीज अस्पताल धाउनु पर्ने बाँध्यता अब भने हट्ने उप प्रमुख भट्टराईले बताईन् । बिगत तीन बर्ष देखि निरन्तर पहल गरिरहेको भन्दै उनले यस पटक तिन वटा डायलोसिस मेशिन आएको र अब केहि दिनमै थप तीन वटा उपकरण आउने बताईन् ।