झापा ५ मा कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ गठन

गौरादह ,३ भदौं । लोकतन्त्रप्रति आस्था राख्ने झापा, क्षेत्र नं ५ का खेलाडीहरु संगठित भएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको सोमबार सम्पन्न प्रथम क्षेत्रीय , प्रदेश सभासहित चार वटा स्थानीय तहका संघमा आस्था राख्ने खेलाडीहरु संगठित भएका हुन् ।

गौरादह -२ स्थित वीपी स्मृति भवनमा आयोजित अधिबेशनले फूटवलका प्रशिक्षक समेत रहेका चन्द्रकुमार गिरी अध्यक्ष रहेको क्षेत्रीय समितिसहित एकैसाथ दमक, गौरादह, गौरीगञ्ज र कमलको नेतृत्व चयन गरेको हो ।
त्यसैगरि, केन्द्रीय महाधिबेशन प्रतिनिधिमा कमलका रोशन दाहाल र गौरादहका ताराकुमार श्रेष्ठ चुनिएका छन् । यस्तै, प्रदेश सभा ५ ( क) को अध्यक्षमा कुमार इम्सुहाङ ,

प्रदेश प्रतिनिधिहरुमा खुला तर्फ तर्क सुब्बा, सन्तोष विष्ट र महिलातर्फ रेखा राजवंशी चुनिए । त्यस्तै, प्रदेशसभा ५ ( ख) को अध्यक्षमा प्रशिम श्रेष्ठ,खुलातर्फ मिलन ढकाल, दिवस नेम्बाङ र महिलातर्फ मिरा काफल्े चयन भएकी छन् ।
सोहि अधिबेशनले युनिस कुँवर अध्यक्ष रहेको लोकतान्त्रिक खेलकुद संघ दमक नगर समिति,नर वहादुर प्रसाई अध्यक्ष रहेको गौरादह समिति र बुद्धराज थेवे अध्यक्ष रहेको कमल लोकतान्त्रिक खेलकुद संघ गठन गरिएको नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशन विष्टले जानकारी दिए ।

यसैगरि, गोपाल गिरी क्षेत्रीय समितिको सल्लाहकार संयोजक ,प्रदेशसभा (क) को सल्लाहकार संयोजकमा दिपक राई र प्रदेशसभा (ख) को सल्लाहकार संयोजकमा जितु धिमाल चयन गरिएको जनाइएको छ ।
पार्टीका क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको अध्यक्षता तथा पार्टीका जिल्ला उपसभापति शेरवहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा पार्टीका प्रदेश सभा (क) का अध्यक्ष जीवन राई, (ख) का अध्यक्ष रवि केसी न्यौपाने लगायतले बोलेका थिए ।

महिलाहरुको उपस्थिति बिना नै सम्पन्न भएको अधिबेशन उद्घाटनमा कांग्रेस कोशी प्रदेश सदस्य प्रकाश कार्की , महाधिवेशन प्रतिनिधिहरु भुपाल राज कटवाल, हेमन्त कार्की , गौरादह २ का वडाअध्यक्ष गोपाल कोइराला, कांग्रेस नेता राजन ढुंगानालगायतको उपस्थिति रहेको थियो । आगामी भदौं ७ गते खेलकुद संघको कोशी प्रदेश अधिबेशनको तयारी तीव्र वनाएको छ ।

Leave a Reply

Your email address will not be published.