दमक ,२२ साउन । झापा, दमक- ९ निवासी राजनीतिक तथा सामाजिक व्यक्तित्व मन्धरा चिमरिया पौडेलले आफ्ना दिवंगत छोरा खगेन्द्र पौडेलको स्मृतिमा इलाका प्रहरी कार्यालय दमकलाई रु एक लाख बढीको सहयोगी सामाग्री दिएकी छन् ।
नेपाली कांग्रेसकी महासमिति सदस्य, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय उपाध्यक्ष , दमक बाल बृद्धा आश्रमकी अध्यक्ष समेत रहेकी नेतृ पौडेल र उनका श्रीमान राजेन्द्रले प्रहरीसहित थुनुवाहरुका लागि ४०-४० थान कम्बल, म्याट, सिरानी, पर्दा, बाल्टीन, जग लगायतका सामाग्रीहरु उपलव्ध गराएका हुन् ।दाता परिवारले इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिनालाई ती सहयोगी सामाग्रीहरु हस्तान्तरण गरे ।
नेपाल प्रहरीका पूर्व राष्ट्रसेवक समेत रहेका राजेन्द्र पौडेल र मन्धराका सुपुत्र खगेन्द्रको दुई बर्ष अघि अमेरिकामा कार दुर्घटनामा परेर निधन भएको थियो । उनको परिवारले दमक बहुमुखी क्याम्पस, दमक बाल बृद्धा आश्रम, पौड्याल वंशोद्धार लगायत विभिन्न सामाजिक तथा सेवामुलक संघसंस्थाहरुमा स्वर्गीय खगेन्द्रको स्मृतिमा अक्षयकोष स्थापना, राहत तथा सहयोग सामग्री हस्तान्तरण गर्ने जस्ता कामहरु गर्दै आएको छ ।