पा, १९ असार । कोरोना संक्रमणबाट मोरङमा अर्की एक बृद्धा महिलाको पनि मृत्यु भएको छ । बिराटनगर- ९ बस्ने ७५ वर्षीया कान्तादेवी पोद्धारको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बुधबार साँझ ५ बजे कान्तादेवीलाई श्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि न्युरो अस्पताल बिराटनगरमा ल्याई चेकजाँच गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
अबस्था गम्भीर बनेपछि थप उपचारको लागि बिराट टिचिङ अस्पतालमा लगी उपचार भइरहेकोमा आज बिहान ३ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि गत असार १० गते कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको थियो । नयाँ भेरियन्ट फैलिएयता कोरोना संक्रमणबाट देशभरि दुईजनाको मृत्यु भएको हो । झापामा कोरोना संक्रमणबाट ९ जना संक्रमित भएका छन् ।