दमक,६ भदौं । झापाका अग्रज निर्माण व्यवसायी दमक निवासी गणेशबहादुर बस्नेत नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
महासंघले निर्माण व्यवसायका क्षेत्रमा बस्नेतले पुरयाँउदै आएको योगदान प्रंशसनीय भएको भन्दै उनलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
विगत तीन दशक बढीदेखि निर्माण व्यवसायको क्षेत्रमा काम गरिआएका बस्नेत नेपाल निर्माण व्यवसायी महासंघ झापाका पूर्व जिल्ला अध्यक्ष तथा प्रदेश समितिका सल्लाहकार हुन् ।
महासंघले केन्द्रीय सदस्यको जिम्मेवारी दिएसंगै उनले निर्माण व्यवसायीको पेशागत हकहितका निम्ति आफूले दत्तचित्त भई काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
यसैवीच , महासंघको चितवनमा आगामी भदौं १४ गते केन्द्रीय समितिको बैठक तथा १५ गते राष्ट्रिय भेलाको आयोजना गरेको छ । उनका अनुसार उक्त भेलामा देशभरिका ३ सय ५० बढी निर्माण व्यवसायीहरुको सहभागिता रहने छ ।
महासंघको भेलाले निर्माण व्यवसायीको साझा मुद्धाका विविध विषयमा व्यापक छलफल गरिनुका साथैं पेशागत सवालमा अन्तरकृया समेत गरिने उल्लेख छ ।