थुलुङ डेन्टलद्धारा दुई सय जनाको निशुल्क दन्त परीक्षण

दमक,२६ जेठ । दमकको फर्निचर लाइनमा अवस्थित दमक थुलुङ डेन्टल क्लिनिकले पछिल्लो एक महीनाका अवधिमा दुई सय जनाको निशुल्क दन्त परीक्षण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तगर्त क्लिनीकले किराँत राई समुदायको चाड साकेला उभौलीका अवसरमा सञ्चालित चार स्थानका शिविरबाट २ सय जनाको दन्त परीक्षण गर्नुका साथैं आवश्यक परामर्श प्रदान गरिएको डाक्टर सोफिया थुलुङले जानकारी दिईन् ।

शिविरमा सेवा लिनेहरुलाई निःशुल्क औषधीहरु समेत वितरण गरिएको थियो । उनका अनुसार दमक, झिलझिले, पाडाजुङ्गी र सितापुरीसहित चार स्थानमा सञ्चालित उभौली विशेष सांस्कृतिक कार्यक्रममा क्लिनिकले शिविर सञ्चालन गरेको थियो । सचेतनामूलक सो शिविर मध्ये दमकमा ५१, पाडाजुंगीमा ५४ , झिलझिलेमा ११ र सितापुरीमा ६१ जना गरि १७७ जनाले सेवा पाएका छन् ।

लाइफ लाइन अस्पतालमा लामो समयदेखि कार्यरत दन्त रोग विशेषज्ञ डाक्टर थुलुङले विभिन्न स्थानमा आयोजित शिविरमा सेवा लिन आउनेहरुलाई दाँत र गिजा सम्बन्धी समस्या र उपचारका बारेमा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको बताईन् ।
शिविरमा दाँत र गिजा सम्बन्धी जुनसुकै थप सेवा लिन चाहनेका लागि नकले ५० प्रतिशतसम्म आर्कषक छुट दिने व्यवस्था गरिएको उनले बताईन् । यसैगरि, क्लिनिकले सेवा लिन आउने आमासंगै साना नानीबाबुहरुलाई लक्षित गरि चित्रकला प्रतियोगिता गरिआएको क्लिनीककी सञ्चालिका समेत रहेकी डाक्टर थुलुङले बताईन् । दाँत उपचारका समयमा नानीबाबुहरुलाई चित्र सम्बन्धी अभ्यास जागरण गर्न सो कार्यक्रम सञ्चालन गरिआएको उनले बताईन् । उनले प्रतियोगितामा उत्कृष्ठ हुने एक जना प्रतियोगिलाई पुरस्कृत गरिदैआएको बताईन् ।

Leave a Reply

Your email address will not be published.