सगरमाथा बिद्यालयका बालबालिकाहरुलाई पोशाक

दमक ,२६ जेठ । झापाको दमकमा बिगत ६ बर्ष देखि सामाजिक क्षेत्रमा क्रियाशिल असहाय मानव सेवा समाजले दमक -१० सेतुमारीस्थित सगरमाथा आधारभुत बिद्यालयका बालबालिकाहरुलाई पोशाक बितरण गरेको छ ।

समाजले सोमबार बिद्यालय परिसरमा एक कार्यक्रमका गरि ७७ जना बिद्याार्थीहरुलाई पोशाक बितरण गरेको हो । समाजकी अध्यक्ष लोकमाया दुङानाको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हेमराज ढकाल मार्फत बिद्यालयमा अध्ययनरत बालबालिकालाई पोशाक बितरण गरिएको हो ।
कार्यक्रममा बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष दुर्गा श्रेष्ठ (राजु), सदस्य शर्मिला धिमाल, शिक्षक अभिभावक संघका अध्यक्ष डम्बरबहादुर कार्की लगायतको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजकी संस्थापक अध्यक्ष चेतना निरौला, उपाध्यक्ष प्रेमकुमारी रिजाल (पुनम) ,सहसचिव श्याम तिम्सिना ,कोषाध्यक्ष देवराज दङाल ,सदस्य भावना निरौला (भुमी ) ,समाजका संस्थापक सचिव कृष्णा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.