वडाले दियो विद्यालयलाई ‘वाकीटकी ’ वितरण

कमल,२१ बैशाख । झापाको कमल गाउँपालिका–२ ले वडा भित्रका तीन वटा सामुदायिक विद्यालयलाई आन्तरिक सञ्चारका लागि वाकीटकी प्रदान गरेको छ ।वडा कार्यालयले आइतवार एक संक्षिप्त कार्यक्रम गरि ती सञ्चार सामाग्रीहरु विद्यालयका प्रधानाध्यापकहरुलाई वितरण गरिएको हो ।

उक्त सञ्चार उपकरण विद्यालयको आन्तरिक समन्वय र सूचनाको आदानप्रदानमा सहयोग पुग्ने अपेक्षा पुग्ने हेतुले ती सञ्चार सामाग्रीहरु उपयोगी हुने वडाअध्यक्ष अशोक सुब्बाले बताए । उनका अनुसार यसले विद्यालयहरूमा आपसी सम्पर्कलाई सहज बनाउने र आकस्मिक परिस्थितिमा तुरुन्त सन्देश प्रवाह गर्न सकिने छ ।

विद्यालयलाई सञ्चार मैत्री बनाउन वडा कार्यालयले काम गरिआएको बताउँदै उनले यसले पनि विद्यालय क्षेत्रको शैक्षिक वातावरण सुधार गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “सञ्चारको सहजता शिक्षण–शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउँछ। वाकीटकीको प्रयोगले विद्यालयबीचको समन्वयमा समेत सहयोग पुग्नेछ।”
यसअघि समेत वडाअध्यक्ष सुब्बाले जनप्रतिनिधिहरु वीच समन्वय गर्न यस्तै सञ्चार साममग्रीहरु वितरण गरेका थिए । जनप्रतिनिधिहरुमा वाकीटोकीको प्रयोगले काम गर्न सहजता भएको भन्दै उनले विद्यालय भित्र र जनप्रतिनिधिबीचको समन्वय गर्न पनि यो सञ्चार सामाग्रीको उपयोगि हुने बताउँछन् ।

Leave a Reply

Your email address will not be published.