एमाले उर्लाबारी नगर अध्यक्षमा तिम्सिना निर्वाचित

उर्लाबारी, २७ चैत । नेकपा एमाले उर्लाबारी नगर कमिटीको अध्यक्षमा निरोज तिम्सिना निर्वाचित भएका छन् ।आज सम्पन्न दास्रो नगर अधिवेशनको निर्वाचन कार्यक्रमबाट उर्लाबारी- ७ निवासी तिम्सिना अध्यक्षमा निर्वाचित भएका हुन् । उनले आफना दुई जना प्रतिष्पर्धीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए।

तिम्सिनाले ९० मत प्राप्त गर्दा अध्यक्ष पदका प्रत्यासी गोपाल रिमालले ५८ मत र सुरेन्द्र शेर्माले ५१ मत प्राप्त गरे । यसैगरि, उपाध्यक्षमा सुरेश शाक्यले १४४ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिस्पर्धी योगराज लाबुङले ५३ मत ल्याए । सचिवमा चेतन सिग्देलले १४२ मतले विजय हाँसिल गर्दा प्रतिस्पर्धी सुनिल धिमालले ३६ र इन्द्रबहादुर भट्टराईले २० मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपसचिवमा नितम चौहान १२१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी भीम श्रेष्ठले ७५ मत प्राप्त गरे ।कुल २०४ जना प्रतिनिधिमध्ये २०२ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.