चट्याङ लागेर बालकसहित २ जनाको मृत्यु

दमक,२७ चैत । झापा र मोरङमा चट्याङले लागेर बुधबार दिउँसो बालकसहित दुई जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–५ का ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे घर भइ स्थानीय गोमनाथ चेम्जोङको खेतीमा काम गर्ने लावतीको चट्याङले मृत्यु भएको हो ।

मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा साइकल चलाइरहेको १२ वर्षीय आविष्कार बरालको चट्याङले लाग्दा मृत्यु भएको छ । प्रहरीका अनुसार मामा शंकर दाहालको घरमा पाहुना आएका सुनसरीको इटहरीका विश्वराज बरालका छोरा आविष्कारलाई साइकल कुदाइरहेको अवस्थामा परेको चट्याङले लाग्दा मृत्यु भएको हो ।चट्याङले गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published.