-काँकरभिट्टा स्ववियू अध्यक्षमा नेविसंघका राई
भद्रपुर,६ चैत । जिल्लाको सवैभन्दा पूरानो मेची बहुमुखी क्याम्पस भद्रपुरको २१ औं स्ववियू अध्यक्षमा नेपाल विद्यार्थी संघकी निलम कार्की निर्वाचित भएकी छन् । उनी मेची क्याम्पसको पहिलो छात्रा स्ववियु सभापति बन्दै नयाँ रेकर्ड बनाउन सफल भएकी हुन् । ८२६ मत प्राप्त गर्दै उनी अध्यक्षमा निर्वाचित भईन् ।स्ववियूमा अनेविसंघले सचिव, कोषाध्यक्ष र ६ जना सदस्य जितेको छ भने १ जना सदस्य अनेरास्ववियूले जितेको छ ।
सचिवमा नेविसंघका विवेक तामाङ ( ६३३ ) र कोषाध्यक्षमा प्रतिक शाह रौनियार (९०९) मत ल्याएर निर्वाचित भएका छन् ।यसअघि अनेरास्ववियूका सन्देश धमला निर्वाचित भएका थिए ।
काँकरभिट्टा स्ववियू अध्यक्षमा नेविसंघका राई
काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियू अध्यक्षमा नेपाल विद्यार्थी संघका सुरज राई निर्वाचित भएका छन् ।मंगलबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार नेविसंघका राईले १५१ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत हेम खड्काले जानकारी दिए ।
उनका प्रतिस्पर्धीहरु संयुक्त अखिल साझा प्यानलका संगम बरालले ८८ र राप्रविसंघका संजोग खनालले १० मत प्राप्त गरेका छन् ।सचिवमा संयुक्त अखिल साझा प्यानलका एलिस पौडेलले १२९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु नेविसंघका अंकितप्रसाद चम्लागाईले ९७ मत र राप्रविसंघका सोभियत श्रेष्ठले २१ मत मात्र प्राप्त गरे ।
त्यस्तै कोषाध्यक्षमा नेविसंघकी रीया ढुंगानाले ९५ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धीहरु संयुक्त अखिल साझा प्यानलका सुवास गौतमले ८८ मत र राप्रविसंघका आकाश बहादुर बस्नेतले ५४ मतमा चित्त बुझाउनु पर्यो ।
यसैगरी सदस्यहरूमा समान मत आएकाले गोलाप्रथाद्वारा संयुक्त अखिल साझा प्यानलका इसाक खडिया, मानव ढुंगेल, प्रदिप्ती ढकाल, नेविसंघका निश्चल तामाङ, विज्ञान राई र सन्ध्या कार्की विजयी भएका छन् ।समानुपातिक तर्फ नेविसंघले ११७, अनेरास्ववियूले ८१, अनेरास्ववियू एसले २३, अनेरास्ववियु (क्रान्तिकारी)ले २१ र राप्रविसंघले ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाउको छ ।
क्याम्पसमा कुल ३२४ मतदाता मध्ये २५४ जनाले मत खसाएका थिए।